News

सगरमाथा आरोणका लागि शिविरमा पुगेकी भारतीय पर्वतारोही महिलाको मृत्यु

सगरमाथा आरोणका लागि शिविरमा पुगेकी भारतीय पर्वतारोही महिलाको मृत्यु

सगरमाथा आरोहणका लागि प्रयास गरिरहेकी एक भारतीय शिक्षिकाको मृत्यु भएको छ। भारतीय नागरिक सुजेन लियोपोल्डिना जिससको लुक्लास्थित अस्पतालमा उपचारका क्रममा आज बिहान सवा ५ बजे मृत्यु भएको हो।

महाराष्ट्रको मुम्बई निवासी ५९ वर्षीया लियोपोल्डिनालाईस्वास्थ्यमा समस्या देखिएपछि  ६ दिनअघि सगरमाथा आधारशिविरबाट हेलिकोप्टरमार्फत् लुक्ला लगिएको थियो। लुक्ला अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको ग्लेसियर हिमालय ट्रेक्सका प्रबन्ध निर्देशक डा डेन्डी शेर्पाले वताए।

मुटुसम्बन्धी समस्यका कारण पेसमेकर राखेकी उनी सगरमाथा आरोहण गर्न प्रयासरत थिईन। तर, आरोहण व्यवस्थापन गरिरहेको एजेन्सीको सल्लाहमा उनलाई उपचारका लागि लुक्ला लगिएको थियो।

लियोपोल्डिना महाराष्ट्रको सिल्वासाको सरकारी प्राथमिक विद्यालयको प्राध्यानाध्यपक हुन्। 

उनको निधनसँगै यो सिजनामा सगरमाथा आरोहणका क्रममा मृत्यु हुनेको संख्या ७ पुगेको छ। जसमध्ये ४ जना नेपाली शेर्पाहरु छन्। यस्तै, एक जना अमेरिकी डाक्टर र मोल्डोभाका आरोहीको मृत्यु भएको छ। 

यो सिजनमा सगरमाथा आरोहणका लागि ४७८ जनाले अनुमति लिएका छन्। तीमध्ये ३७६ जना पुरुष र १०२ जना महिला छन्। सगरमाथा आरोहणका लागि चिनियाँ ९७ जना, अमेरिकी ८९ जना, भारतीय ४० जना, क्यानडेली २१ जना र रुसी २० जनाले अनुमति लिएका छन्।
 

विशेष