News

प्रचण्डले भने– पूर्व लडाकुको शिविरमा भ्रष्टाचार भएको प्रमाणित भए जेल जान तयार छु

प्रचण्डले भने– पूर्व लडाकुको शिविरमा भ्रष्टाचार भएको प्रमाणित भए जेल जान तयार छु

प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वलडाकुको शिविरमा कुनै अनियमिमिता भएको र त्यसको छानबिनबाट दोषी ठहरिए जेल जान तयार रहेको बताएका छन् । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा राप्रपाका सांसद ज्ञानबहादुर शाहीले सोधेको लडाकु शिविरमा भएको भ्रष्टाचारबारेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले यस्तो वताएका हुन।

लडाकुको शिविरमा अनियमितता भएको विषय राजनीतिक पूर्वाग्रहका आधारमा उठाउने गरिएको भन्दै उनले क्यान्टोनमेन्टको कुरा कपोल्कल्पित रहेको वताए। तर, छानबिन गरेर दोषी ठहरिए आफु जेल जान तयार रहेको वताए।

दाहालले ०४८ सालपछिका सबै भ्रष्टाचार छानबिन गर्न तयार रहेको बताउँदै भने–‘पूर्व माओवादी लडाकुलाई वितरण गरिएकै पैसामा भ्रष्टाचार भयो भन्ने आरोप मात्र हो । क्यान्टोनमेन्टको भौतिक पूर्वाधारको जिम्मा कसले लिए त्यसको रेकर्ड छ ।’

त्यतिबेलाका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र अर्थमन्त्री डा. रामशरण महतले रुजु गरेपछि यो विषय पटाक्षेप भएको पनि प्रधानमन्त्री दाहालले बताए। ‘यो राजनीतिक पूर्वाग्रहका हिसाबले अहिले उठाइएको छ । पटक–पटक यो विषय राजनीतिक आग्रहको आधारमा उठाइन्छ’ उनले भने–‘त्यस्तो केही छ भने २०४८ सालदेखिको सबै भ्रष्टाचारका मुद्दामा छानबिन गर्न तयार छु । राजनीतिक तहमा संकल्प गरेर जाँदा छानबिन गर्न सकिन्छ ।’
 

पूर्वलडाकु

विशेष