News

नक्कली भुटानी शरणार्थी प्रकरणमा हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ

नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ सिंहदरबार परिसरबाटै पक्राउ परेका छन्। नक्कली शरणार्थी प्रकरणमा मुछिएका उनलाई काठमाडौं प्रहरी परिसर लगिएको छ ।

हज समितिको गाडी नक्कली भुटानी शरणार्थी प्रकरणमा पैसा ओसार पसारमा प्रयोग भएको पाईएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। हज समितिको कार्यवाहकको जिम्मेवारी अर्का व्यक्तिलाई दिने तयारी गरिररहेकै वेला उनी पक्राउ परेका हुन।

नेपाल हज समितिका अध्यक्ष मियाँलाई तत्कालीन गृहमन्त्री रामबहादुर थापाले ०७७ माघ ७ मा नियुक्त गरेका थिए । जुन दलको सरकार बन्छ, त्यसैका नेता÷कार्यकर्तालाई हज समितिमा नियुक्ति गर्ने अभ्यास विपरित थापा हटेपछि गृहमन्त्री बनेका बालकृष्ण खाणले पनि मियाँको कार्यकाल २ वर्ष थपिदिए।

नक्कली शरणार्थी बन्ने मानिसको खोजी गर्ने, त्यसका लागि हज समितिको गाडी प्रयोग गर्ने र गिरोहको योजनाअनुसार थप काम गर्ने जिम्मा मियाँले लिएका थिए । त्यसको पोल खुलेपछि उनी सम्पर्कविहीन थिए । बिहीबार कार्यवाहक जिम्मेवारी अर्कै व्यक्तिलाई दिएर आफु फरार हुने योजनामा रहेका वेल उनी पक्राउ परेका हुन् । 
 

भुटानी शरणार्थी

विशेष