News

संसदमा पुगेर प्रचण्डले भने– अहिले मेरो वेट घटेको छ

संसदमा पुगेर प्रचण्डले भने– अहिले मेरो वेट घटेको छ

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाको वैठकमा पुगेर आफनो वेट (तौल) घटेको सुनाएका छन्। 

बिहीबार प्रतिनिधिसभा बैठकमा प्रश्नउत्तरको पहिलो श्रृंखलामा भाग लिन गएका दाहालले आफनो वेट घटेको वताएका हुन।

नेकपा (एमाले)का सांसद रघुजी पन्तले प्रधानमन्त्रीलाई धेरैपछि देखेको भन्दै ब्यंग्य गरेपछि जवाफ दिने क्रममा दाहालले यस्तो वताए । 

पन्तले संसद्मा यसअघि आफूले प्रधानमन्त्री खोज्नुपरेको भन्दै व्यंग्य गरे । ‘आज धेरैपछि देखेर होला, मेरो आँखालाई त भ्रम परेको होइन होला । प्रधानमन्त्रीज्यू पहिलेभन्दा ह्यान्डसम ह्यान्डसम देखिनुभएको छ ! झन् दौरासुुरुवाल लगाएर आउनुभएको छ, पहिलेभन्दा खाइलाग्दो देखिनुभएको छ । कामना छ, जनता पनि खाइलाग्दो देखिऊन्’ उनले भने ।

जवाफमा प्रधानमन्त्रीले आफ्नो ‘वेट’ घटेको बताए । सांसदले प्रधानमन्त्रीलाई सोध्ने प्रश्न ‘आउट’ गरिएको भन्दै पन्तले आक्रोश व्यक्त गरे ।
 

विशेष