News

चुनावमा हेलिकप्टर चढेको पैसा कस्ले तिर्छ भन्ने प्रश्नको प्रधानमन्त्रीले जवाफै दिएनन्

चुनावमा हेलिकप्टर चढेको पैसा कस्ले तिर्छ भन्ने प्रश्नको प्रधानमन्त्रीले जवाफै दिएनन्

प्रधानमन्त्री पुष्पकमल दाहालले विहिवार सांसदहरुसँगको प्रश्न उत्तर श्रृंखलामा महत्वपूर्ण प्रश्नहरुको जवाफै नदिई प्रश्नबाट भागेका छन्। रास्वपाका सांसद शिशिर खनाल खनालले उठाएको चुनावमा हेलिकप्टर चढेको पैसाको प्रशंग र सांसद योगेन्द्र मन्डलले क्रिकेट खेलाडीलाई आर्थिक सहयोग दिने घोषणाको सन्दर्भमा दाहालले जवाफ दिएनन्।

सांसद खनालले ‘पछिल्लो उपनिर्वाचनमा यहाँ लगायत पूर्व प्रधानमन्त्रीहरू हेलिकप्टरमा चढेर हाम्रा उम्मेदवारहरू हराउन जिल्ला जिल्लामा जानुभयो । गठबन्धनका उम्मेदवारहरूलाई मन्त्री बनाउने आश्वासन पनि दिनुभयो । त्यो आश्वासन आचारसंहिता विपरीत थियो कि थिएन ? त्यो नैतिकताको प्रश्न म सोध्न चाहन्न । म के सोध्न चाहन्छु भने त्यो हेलिकोप्टरको पैसा जनताको रगत पसिनाले उठेको करको पैसाले तिरिन्छ कि हजुरको गोजीबाट तिरिन्छ ?’ भन्दै प्रश्न गरेका थिए।

यसैगरी, मन्डलले ‘अन्तर्राष्ट्रिय खेलाडीहरूलाई रकम दिने आर्थिक सहयोग दिने घोषणा गर्ने तर नपाएको भन्ने आएको छ, केहो?’ भनेर सोधेका थिए।

तर, प्रधानमन्त्री दाहालले यी दुवै प्रश्न वेवास्ता गरे। तर, उनले आफ्नो वेट घटेको भन्न भने छुटाएनन्। 

विशेष