News

सुरक्षाकर्मीको सहयोगमा रोस्ट्रम पुगेका राष्ट्रपतिको घोषणाः निश्चित युनिटमा विजुली छुट 

सुरक्षाकर्मीको सहयोगमा रोस्ट्रम पुगेका राष्ट्रपतिको घोषणाः निश्चित युनिटमा विजुली छुट 

वर्षायाममा मासिक ५० युनिट र हिउँदमा मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताले निशुल्क विद्युत पाउने भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा विद्युत खपत बढाउने योजना अनुसार यस्तो घोषणा भएको छ ।

नीति तथा कार्यक्रममा २ वर्षभित्र सबै नागरिकको घरमा विद्युत सेवा पु¥याउने र विपन्न नागरिकको घरमा निःशुल्क बिजुली मिटर जोड्ने घोषणा पनि भएको छ । खाना पकाउने ग्यासलाई विद्युतबाट प्रतिस्थापन गर्ने, हाइड्रोजन इनधनको उत्पादन सम्भाव्यताको अध्ययन गर्ने लगायतका घोषणा भएको छ ।

राष्ट्रपति पौडेल बिरामी भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित भएका हुन् । सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई सम्बोधन गर्न पौडेल शुक्रबार ससद् भवन नयाँ बानेश्वरमा पुगेका हुन् । 

पेटसम्बन्धी रोगको उपचार भारतमा गराएर गत वैशाख १८ गते राष्ट्रपति पौडेल स्वदेश फर्किएका थिए। चिकित्सकहरूले ३ साता आइसोलेसनमा आराम गर्न सुझाव दिए पनि नीति तथा कार्यक्रम प्रश्तुत गर्न संसदमा उपस्थित भएका उनी सुरक्षाकर्मीहरूको सहयोगमा रोस्ट्रममा पुगेका थिए । 
 

विशेष