News

प्रधानमन्त्रीले जेठ १७ देखि २० सम्म भारत भ्रमण गर्ने

प्रधानमन्त्रीले जेठ १७ देखि २० सम्म भारत भ्रमण गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल जेठ १७ गते भारत भ्रमणमा जाने भएका छन्। नयाँ आर्थिक वर्षको बजेट पास गरेर उनी भारत भ्रमणमा जाने तयारी छ। तेस्रो पटक प्रधानमन्त्री भएपछि दाहालले पहिलो विदेश भ्रमणमा भारतबाट सुरु गर्न लागेका हुन।

भ्रमणको औपचारिक निर्णय भइनसके पनि जेठ १७ देखि २० गतेसम्म भ्रमणको मिति तय भएको जनाईएको छ। प्रधानमन्त्रीको भ्रमणका लागि परराष्ट्रमन्त्री एनपी साउदले बिहीबार पूर्वराजदूत र पूर्वसचिवहरुसँग परामर्श समेत गरेका थिए।

उनले व्यापार, वाणिज्य, जलस्रोत, सिमाना, पारवहन, पर्यटन तथा सांस्कृतिक सम्बन्धसँगै जनस्तरको सम्बन्धसहितका एजेन्डामा छलफल गरे। 
 

विशेष