रविन्द्र मिश्रले प्रचण्डले लगाएको कट्टु किन्ने पैसाको श्रोत खोजपछि...

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ‘तपाईले लगाएको गन्जी र कट्टु कस्ले किन्दियो ?’ भन्दै प्रश्न गरेका छन् । राप्रपा सुरु गरेको भ्रष्टाचार विरोधी सभामा आफनो मन्तब्य ब्यक्त गर्दै उनले यसरी प्रश्न सोधेका हुन ।
‘प्रधानमन्त्री ज्यू, तपाई कति चोटी प्रधानमन्त्री हुनुभयो ? र जम्मा जम्मी कति महिना प्रधानमन्त्री हुनुभयो ?’ उनले सोधे–‘तपाईले प्रधानमन्त्री भएर कमाएको आयले तपाई प्रधानमन्त्री नभएको वेलामा तपाई जुन मोटर चढेर हिड्नु हुन्छ, जुन सुरक्षा लिएर हिड्नु हुन्छ, जुन सेक्रेट्री राख्नु भएको छ र घरमा जे जस्तो ब्यवस्था गर्नु भएको छ। तपाईलाई त्यो पैसाले पुग्छ ?’
मिश्रले अगाडि भने–‘तपाईको पैसा कहाँबाट आयो ? कहाँबाट आयो तपाईको ? तपाईले लाउने कोटको पैसा, तपाईले लगाउने कमिजको पैसा कहाँबाट आयो ? तपाईले लगाउने गन्जी र कट्टुको पैसा कहाँबाट आयो ? त्यो पनि हामीलाई जान्ने अधिकार छ।’
उनले हालसम्म चर्चामा आएको ठुला भ्रष्टाचार प्रकरणको नाम लिदै अव ति प्रकरणको फाईल खुल्छकी खुल्दैन भन्दै प्रश्न गरेका छन् । ‘क्यान्टोनमेन्ट घोटाला काण्डको फाईल अव खुल्छ की खुल्दैन ? ३३ किलो सुन प्रकरणको फाईल खुल्छकी खुल्दैन ? बालमन्दिर काण्डको फाईल अव खुल्छकी खुल्दैन ? वाईडवडी, वुढिगण्डकी, ओम्नी, महरा टेप प्रकरणको फाईल खुल्छकी खुल्दैन।’– उनले सोधे।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा मिश्रले सम्वोधन गरिरहँदा सर्वसाधारणलले तालि वजाएर हुटिङ गरिरहेको देख्न सकिन्छ र प्रधानमन्त्री दाहाल घोसेमुन्टो लगाएको फोटो जोडेर शेयर गरिँदैछ। कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन भने हातको भाउले आश्चर्य प्रकट गर्दै हासिरहेको देखिन्छ।