कांग्रेस महासमिति सदस्य साढे ९ करोड ठगी प्रकरणमा पक्राउ

कांग्रेसका एक जना महासमिति सदस्य साढे ९ करोड रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका छन्।
सिन्धुली गोलन्जोर गाँउपालिका–४ का ४३ वर्षीय कृष्ण मुरारी गुरुङलाई करिब गुरुङलाई प्रहरीले पक्राउ गरेको हो।
उनले सुरेश केसीसँग पटकपटक गरी नगद ७ करोड ७५ लाख रुपैयाँ र २० तोला सुन, देउ बहादुर गुरुङलगायत अन्य विभिन्न ब्यक्तिलाई ठगी गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले उनी विरुद्ध ठगी, अपराधिक लाभ तथा आपराधिक विश्वसघात सम्बन्धी कसूरमा अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।