भारतमा अव २ हजार दरका नोट नचल्ने
भारतमा २ हजार दरका नोट नचल्ने भएका छन्। भारतको केन्द्रीय बैंकले २ हजारका नोट बजारमा नपठाउने घोषणा गरेको हो।
सन् २०१६ मा नरेन्द्र मोदी सरकारले १ हजार र ५ सयका नोटमा प्रतिबन्ध लगाएपछि भारतीय रिजर्भ बैंकले २ हजारका नोट चलनमा ल्याएको थियो। तर, शुक्रबार २ हजार दरका नोट नचलाउने निर्णय भएको जनाईएको छ।
रिजर्भ बैंकले सर्वसाधारणसँग भएका २ हजारका नोट बैंकमा जम्मा गर्न र बैंकहरूलाई २ हजारका नोट बजारमा नपठाउन भनेको छ।
२ हजारका नोट बैंकमा जम्मा गर्ने समय यो वर्षको सेप्टेम्बर ३० सम्म दिइएको छ। २ हजारको नोट ७ वर्षमै चलनचल्तीबाट हटाउन लागिएको हो।