News

बचाउन खटिएका आङटावाले बालकृष्ण खाँणलाई यसरी फसाए

खाँणले गिरोहलाई फिर्ता गरेको १ करोडमा पनि ७० लाख शेर्पाले पचाए

बचाउन खटिएका आङटावाले बालकृष्ण खाँणलाई यसरी फसाए

नेपालीलाई भुटानी शरणार्थी प्रकरणमा प्रहरीले संलग्नहरुलाई भटाभट पक्राउ पर्न थालेपछि गिरोहसँग करोडौं रुपैयाँ लिएका पुर्वगृहमन्त्री बालकृष्ण खाँण चनाखो भए। यही क्रममा हिरासतमा रहेका ललितपुरका सानु भण्डारीले उनको नाम पोले।

यो जानकारी पाएपछि उनको बयान फेर्न खाँणले पूर्वसभासद एवम् कांग्रेसको महाधिवेशन प्रतिनिधि आङटावा शेर्पालाई खटाए। शेर्पाले हिरासतमै पुगेर सानु भण्डारीलाई भेटेर पैसा फिर्ता हुने तर बयान फेर्नु पर्ने सर्त राखे। सोही अनुसार खाँणले शेर्पालाई १ करोड रुपैयाँ फिर्ता गरेको पनि खुलेको छ।

तर, पैसा फिर्ता गरिसकेपछि पनि खाँण पक्राउ परे। यसको प्रमुख कारण भने सोही फिर्ता गरेको १ करोड भएको खुलेको छ। जोगाउने नाममा खटिएका उनै शेर्पाका कारण खाँण पक्राउ परेको स्रोतको दावी छ।

जानकारी अनुसार डेढ वर्षअघि परेको उजुरीका आधारमा सानु भण्डारी, केशव दुलालसहितका व्यक्ति पक्राउ परिसकेका थिए। आफु पनि संलग्न भएका कारण यो प्रकरणलाई खाँणले नजिकबाट नियालीरहेका थिए। भण्डारी र दुलाल पक्राउ पर्दा ललितपुरमा कार्यालय नै खोलेर पैसा उठाएका रामेछापका आङटावासम्म भने प्रहरी पुग्न सकेन। 

यसको कारण खोज्दै जाँदा शेर्पाले उठाएको पैसा फिर्ता फिर्ता गर्ने बताएको र कतिपयको पैसा फिर्ता पनि गरिसकेको थाहा पाए। त्यसपछि खाँणले पनि उनकै सुत्र अनुसार पैसा फिर्ता गर्ने तयारी गरे। 

शेर्पालाई बोलाएर आफू पनि रकम फिर्ता गर्ने तर बयान फिर्ता हुनुपर्ने वताए। आफु जोगिएर सम्झेर ‘भाले पल्टिएका’ शेर्पा खाँणको मुद्दा मिलाउन सानु भण्डारीलाई राखेको काठमाडौं जिल्ला प्रहरी परिसरको हिरासतमा पुगे। 

शेर्पासँगको कुराकानीमा भण्डारी पनि खाँणको नाम नलिने सर्तमा राजी भए। त्यसपछि खाँणले नरेन्द्र केसीमार्फत एक करोड रुपैयाँ शेर्पालाई दिए। तर शेर्पाले यसमा पनि चलाखी गरे। खाँणले दिएको १ करोडबाट ३० लाख मात्रै भण्डारीलाई फिर्ता भयो, ७० लाख रुपैयाँ आफैँ राखे।

पुरा पैसा नपाएपछि भण्डारीले आफनो बयान फेर्न मानेनन्। यसो गर्दा गिरोहमै वयान वाझियो। जसका कारण पैसा फिर्ता गरेर पनि खाँण प्रहरीबाट जोगिन सकेनन्। शेर्पाले पनि पुरा पैसा फिर्ता नगरेको बयान प्रहरीलाई दिएको स्रोतले वताएको छ।

भुटानी शरणार्थी

विशेष