News

ज्वाईसरह प्रहरी हिरासतमा रहेका बालकृष्ण खाँणको दावीः विदेशी शक्तिले फसायो

अदालतबाट न्याय पाउँछु

ज्वाईसरह प्रहरी हिरासतमा रहेका बालकृष्ण खाँणको दावीः विदेशी शक्तिले फसायो

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग मिलेर करोडौं कमाएको आरोप लागेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण ‘देशी विदेशी शक्ति मिलेर आफुलाई फसाएको’ वताउन थालेका छन्।

गैरकानुनी धन्दामा विचौलियालाई फाईदा पुग्नेगरी सरकारी नीति नियम वनाउने भुमिका खेलेको, विचौलियालाई भेटेर छलफल गरेको, विचौलियासँगै पटक पटक झापा पुगेको, १ करोड २३ लाख ५० हजार रकम लिएको लगायतका तथ्य प्रहरीले भेला गरी सक्दा समेत उनले सार्वजनिक रुपमा भने आफु निर्दोश भएको वताउन छोडेका छैनन्।

पछिल्लो समय त उनले विदेशी शक्तिलाई समेत मुछेर आफु निर्दोश वताउन थालेको पाईएको छ। जिल्ला प्रहरी परिसर, टेकुको डीएसपी बस्ने कोठा खाली गराएर राखिएका खाँणले शुक्रबार भेट्न पुगेका कांग्रेस नेताहरुसँग आफु निर्दोश रहेको वताए ।

उनलाई भेट्न कांग्रेस केन्द्रीय सदस्य मिन विश्वकर्मा, लक्ष्मी परियारलगायतका नेता पुगेका थिए । स्रोतका अनुसार भेटका क्रममा खाँणले आफूलाई देशी, विदेशी शक्तिले चलखेल गरेर षडयन्त्रपूर्वक तरिकाले फसाएको दाबी गरे । उनले यो प्रकरणमा आफ्नो संलग्नता नभएको भन्दै अदालतबाट न्याय पाउने बताए ।

उनी गृहमन्त्री हुँदा सचिव रहेका टेकनारायण पाण्डेको बयानका आधारमा प्रहरीले स्वकीय सचिव नरेन्द्र केसीसहित खाँडलाई पक्राउ गरेको थियो । 
 

भुटानी शरणार्थी

विशेष