News

देउवा पुत्र जयवीर र शिवानाको माघमा विवाह, को हुन शिवाना ?

देउवा पुत्र जयवीर र शिवानाको माघमा विवाह, को हुन शिवाना ?

नक्कली भुटानी शरणार्थी प्रकरणको तनावकै बीचमा कांग्रेस सभापति शेरबहादुर देउवा र पत्नि आरजु राणा देउवा सम्धी–सम्धिनी बन्ने तयारीमा जुटेका छन्। स्रोतका अनुसार उनीहरुका एक्लो सन्तान जयवीर सिंहको यही माघमा विवाह हुँदैछ।

देउवाले पूर्वपरराष्ट्र सचिव केदारभक्त श्रेष्ठकी नातिनी तथा सञ्जीवभक्तकी कान्छी छोरी शिवानासँग जयवीरको विवाह गर्ने तयारी गरेका छन्। केदारभक्त परराष्ट्र सचिवसँगै युरोपियन युनियन र अमेरिकाका लागि नेपाली राजदूत थिए। 

जयवीर र शिवानाको गत जेठ १ गते एक समारोहका बीच इन्गेजमेन्ट समेत भईसकेको छ। इन्गेजमेन्टमा दुवै परिवारका सदस्यहरु सहभागी थिए। उनीहरूको चिनजान विद्यालयमै हुँदा भएको जनाईएको छ।

शिवानाको इन्स्टाग्राम टाइमलाइन हेर्दा यी दुईजना लामो समयदेखि ‘रिलेसनसिप’मा रहेको बुझ्न सकिन्छ। जयवीर र शिवानाले विदेश यात्राका क्रममा सेयर गरेका रोमान्टिक तस्वीरहरु पनि इन्स्टाग्राममा भेटिएका छन् । शिवानाको परिवारसँग जयवीरको घनिष्टता पनि देखिन्छ ।

शिवाना कभर सिंगरका साथै सौन्दर्य सामग्री (ब्युटी–प्रडक्ट) को व्यापारमा संलग्न छिन्। शिवानाले प्रिटीप्लिज नामक अनलाइन प्लेटफर्ममार्फत सौन्दर्य प्रसाधनको व्यवसाय सञ्चालन गर्दै आएकी छिन्।

यसैगरी, बेलायतको युनिभर्सिटी अफ न्युयोर्कबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका जयवीर ब्लुप्रिन्ट ट्रेडिङ प्रालि मार्फत बच्चाहरूका लागि प्रयोग हुने डाइपरको ब्यापारमा संलग्न छन्। उक्त कंपनीमा जयवीरको ७० प्रतिशत र प्रबन्ध निर्देशक हेमन्त बजगाईको ३० प्रतिशत सेयर छ।

माओवादी नेता जनार्दन शर्मा अर्थमन्त्री वजेटमा करका दर हेरफेर हुँदा जयवीरको कंपनी समेत मुछिएको थियो। 

भुटानी शरणार्थी जयवीर सिंह देउवा शिवाना श्रेष्ठ

विशेष