News

एभरेष्ट वैंकका शाखा प्रबन्धक र कर्मचारी नै मिलेर ग्राहकको डेढ करोड चोरी

एभरेष्ट वैंकका शाखा प्रबन्धक र कर्मचारी नै मिलेर ग्राहकको डेढ करोड चोरी

एभरेष्ट बैंकका एउटा शाखाका प्रवन्धक र अर्को शाखाका अपरेशन इन्चार्जको मिलेमतोमा ३३ जना बचतकर्ताको डेढ करोड चोरी भएको छ। इटहरी शाखाका बचतकर्ताले जम्मा गरेको एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ पाँच महिनाको अवधिमा कनेक्ट आईपिएस प्रयोग गरि चोरी गरिएको हो ।

सो प्रकरणमा बैंकको इटहरी शाखा प्रबन्धक सिन्धुपाल्चोक बाह्रविसे–८ घर भएका ४२ वर्षीय  विश्वराज शाक्य, बैंकको उदयपुर गाइघाट शाखाका अपरेशन इञ्चार्ज विराटनगर– ८ का ३४ वर्षीय निरज प्रधान, एभरेष्ट बैंक इटहरी शाखाका सुपरभाईजर ३७ वर्षीय धावा लामा छन्।

यसैगरी, बैंकका कनिष्ठ सहायकहरु २७ वर्षीय मनोज घिमिरे, २७ वर्षीय देवराज शर्मा, २७ वर्षकै रंजित पण्डित, बैंकको इटहरी शाखाकी टेलर ३० वर्षीय पवित्रा कटुवाल, धनुषाको मिथिला नगरपालिका– ११ का ३४ वर्षीय शंकर भुजेल, भक्तपुरको सुर्यविनायक नगरपालिका– २ का २७ वर्षीय अजय खिउजू पनि पक्राउ परेको जनाईएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी राजकुमार राईका अनुसार बैंकका कर्मचारीले ग्राहकको कनेक्ट आईपीएसको आइडी पासवर्ड चोरर कोर बैंकिङ्क सिस्टम (सीबीएस) बाट निस्क्रीय खातामा रकम पठाउने र नक्कली चेक प्रयोग गरेर निकाल्ने गरेको पाईएको छ।

पाँच महिनाको अवधिमा ५९ पटक कनेक्ट आईपीएसमार्फत सो रकम निकालेको देखिएपछि अनुशन्धान गर्दा यो प्रकरणका मुख्य नाइके गाइघाट शाखाका अपरेशन इञ्चार्ज निरज प्रधान रहेको प्रहरीले दावी गरेको छ। 

उनी गत मार्च १२ मा इटहरी शाखाबाट गाइघाट शाखामा सरुवा भएका थियो। प्रहरीइका अनुसार आफ्नो खाताबाट रकम हराएपछि ग्रहकले बैंकमा जानकारी गराएका थिए । बैंकले प्रहरीलाई अनुसन्धानका लागि निवेदन दिएको थियो ।
 

विशेष