जहाजमा मुसो भेटिएपछि वुद्धको उडान स्थगित, मुसो खोज्दै कर्मचारी

जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा शनिवार विहान यात्रुले मुसो देखेपछि उडान स्थगित भएको छ ।
बिहान ८ ः ३५ बजेको बुद्ध एयरको उडान नम्बर–५०२, ९एन–एजेएल विमानको उडान स्थगित भएको हो ।
दुई जना यात्रुले मुसो देखेको भन्दै विमानका कर्मचारीलाई जानकारी दिएका थिए। त्यसपछि यात्रु ओरालेर मुसो खोज्ने काम भइरहेको छ। तर, हालसम्म मुसो फेला परेको छैन ।
वुद्ध एयरले एक सूचना जारी गर्दै जनकपुरमा यात्रु लिन अर्को जहाज पठाइएको बताएको छ ।
सूचनामा जनाईए अनुसार त्यस जहाजलाई टेक्निकल टिमले जाँच गरिरहेको छ।