News

सर्पले डसेकी किशोरीलाई चङ्ग्याउने भन्दै पास्टरले खुर्सानी खुवाएपछि...

सर्पले डसेकी किशोरीलाई चङ्ग्याउने भन्दै पास्टरले खुर्सानी खुवाएपछि...

सर्पले डसेको ब्यक्तिलाई चङ्ग्याएर (प्रार्थना र झारफुक) निको पार्ने दावी गर्दै एक महिलाले उपचार गराउन नदिएपछि बर्दियाको बाँसगढी नगरपालिका २ महादेवाकी १६ वर्षिया ओमकुमारी डाँगीको ज्यान गएको छ।

भुईमा सुतेकी ती किशोरीलाई जेठ २ गते राति सर्पले डसेको थियो । त्यसको जानकारी पाएकी स्थानीय यमुना भन्ने योगेन्द्रकुमारी घर्ती (पास्टर) ले चङ्ग्याएर उनलाई ठिक पार्ने भन्दै खुर्सानी खुवाउन थालिन

तर, किशोरी अझै सिकिस्त भएपछि उपचारका लागि भेरी अस्पताल नेपालगन्ज पुर्याईयो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । सर्पले डसेपछि तत्काल अस्पतालमा उपचार गराउनुको साटो अन्धविश्वासको भर पर्दा किशोरीको ज्यान गएको प्रहरीले जनाएको छ। 

किशोरीलाई तत्काल उपचार गर्न अस्पताल जान सिफारिस गर्नुको साटो आफै निको पार्छु भन्ने योगेन्द्रकुमारीलाई प्रहरीले पक्राउ गरेको छ। मृतकका आफन्तले उनीविरुद्ध इलाका प्रहरी कार्यालय बासगढीमा किटानी जाहेरी परेको छ। 
 

विशेष