News

इसाईकरणका लागि पैसाको खोलो बगाएको नदेख्ने अमेरिकाले हिन्दु धर्म बारे यस्तो भ्रम फैलायो

इसाई धर्मका ब्यापारीले क्यान्सर पनि ठिक पार्ने भ्रम फैलाईरहेका छन्

इसाईकरणका लागि पैसाको खोलो बगाएको नदेख्ने अमेरिकाले हिन्दु धर्म बारे यस्तो भ्रम फैलायो

बर्दियाको बाँसगढी नगरपालिका २ महादेवाकी १६ वर्षिया ओमकुमारी डाँगीलाई जेठ २ गते राती सुतिरहेकै ठाउँमा सर्पले डस्यो। तर, उनलाई उपचार गर्न लगिएन। वरु, स्थानीय क्रिश्चियन धर्म प्रचारक यमुना भन्ने योगेन्द्रकुमारी घर्ती (पास्टर)कोमा पुर्याईयो।

सर्पले डसेको ब्यक्तिलाई चङ्ग्याएर (प्रार्थना र झारफुक) निको पार्ने दावी गर्ने यमुनाले चङ्ग्याउने नाममा डाँगीलाई खोर्सानी खुवाउन थालिन। तर, डाँगीको अवस्था सुधार हुनुको सट्टा झनझन विग्रदै गयो। त्यसपछि उनलाई अन्तिम अवस्थामा नेपालगञ्ज स्थित भेरी अस्पताल पुर्याईयो। तर, चिकित्सकले उनलाई वचाउन सकेनन्। उपचारकै क्रममा उनको मृत्यु भयो।

प्रहरीले अहिले पास्टर यमुनालाई पक्राउ त गर्यो, तर ओमकुमारीले ज्यान गुमाउनु परेको छ। यति मात्रै होईन, अहिले गाउँगाउँमा क्रिश्चियन धर्मप्रचारकहरुको विगविगी छ। ‘पिता परमेश्वर’का नाममा यशुको विज्ञापन गर्न गाउँ गाउँमा प्रचारकहरु खटिएका छन्। क्रिश्चियन (इसाई) धर्मका व्यापारीहरूले शिक्षा र स्वास्थ्यको आवरणमा नेपालमा धर्मान्तरण गरेको पाइन्छ । 

उनीहरुले धर्म परिवर्तनका क्रममा आफ्नो धर्मको प्रचार मात्रै गर्दैनन्, बौद्ध र हिन्दु धर्मको व्यापक विरोधसमेत गर्ने गर्दछन् । उनीहरूले बौद्ध र हिन्दुहरूलाई ‘सैतान’ भन्ने गर्दछन् । उनीहरुले ‘पिता परमेश्वर’को सन्तान भएपछि निर्धनलाई धन, निशन्तानलाई सन्तान प्राप्त हुने तथा सामान्यदेखि लिएर क्यान्सरसम्म ठिक हुने भन्दै भ्रम फैलाईरहेका छन्।

खासगरी, २०६३ मा धर्म निरपेक्षताको घोषणापछि नेपाल संसारमै सबैभन्दा बढी धर्मान्तरण भइरहेको देशहरूमा परेको छ। ०७२ सालमा जारी भएको संविधानको धारा ४ मा पनि नेपाल धर्म निरपेक्ष राष्ट्र भएको उल्लेख भएपिछ क्रिश्चियनहरुको चहल पहल सुरु भएको हो। संविधानमा ‘धर्मनिरपेक्ष’ भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनु पर्छ भन्ने स्पष्टीकरण राखिएको छ ।

प्रचारकहरुको जालमा खास गरी गरिब र दलित समुदायका ब्यक्तिहरु परिरहेका छन्। उनीहरुले भ्रममात्र फैलाईरहेका छैनन्, हरेक शनिबार ‘गवाही दिने’ (हप्ताभरी जीवनमा घटेका घट्नाक्रम) नाममा ब्यक्तिको सामाजिक जीवनलाई समेत कैद बनाइदिएका छन्। गवाहीका लागि शनिवार जम्मा हुनै पर्ने वाध्यता छ। यसरले शनिबार कुनै काम गर्ने वातावरण रहँदैन भने अर्कातिर शनिबार आफन्त, इष्टमित्र भेटघाट गर्ने समय पनि कटौती हुन्छ ।

क्रिश्चियन धर्ममा लाग्नेहरु पूरै अन्धविश्वासी देखिन्छन्। गाउँगाउँमा वनिरहेका यस्ता समुह अहिले अन्धविश्वास फैलाउने माध्यम बनेका छन् । लामो समय बिरामी भएका गरिबहरूलाई धर्म परिवर्तन गरेमा यशुले निको पार्ने दबाबमूलक आश्वासन दिएर धर्म परिवर्तन गराईन्छ। अन्धविश्वासका धेरै तरिकाहरू सिकाउने गरिन्छ । हिन्दु अन्धविश्वासबाट पीडित मानिसहरू क्रिश्चियन अन्धविश्वासमा फसेका छन् ।

पश्चिमा मुलुकमा क्रिश्चियन धर्म धेरै मानिन्छ र त्यहाँ नै स्वास्थ्य उपचारसम्बन्धी धेरै आविष्कारहरू भएका छन् । औषधि र उपकरणका लागि पश्चिमा मुलुकहरूले ठूलो लगानी गरेका छन् र त्यहाँ अत्याधुनिक अस्पतालहरू छन् । तर, नेपालमा त्यसको ठीक उल्टो रोग निको पार्नका लागि धर्म परिवर्तनको दबाब दिइन्छ।

यता, अमेरिकाले सार्वजनिक गरेको ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन’ले भने भारतीय जनता पार्टीसम्बद्ध धार्मिक समूहले नेपालका नेतालाई हिन्दु राष्ट्रका समर्थनमा बोल्न निरन्तर रकम उपलब्ध गराएको आरोप लगाएको छ। यसले नेपालको राजनीतिक वृत्तमा ठुलै खैलावैला मच्चाएको छ। 

अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनमा भाजपासहित भारतका हिन्दु समूहले विशेषगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई हिन्दु राज्य पुनःस्थापित गर्न निरन्तर दबाब दिइरहेको दाबी गरिएको छ। प्रतिवेदनमा गैरसरकारी संस्था र इसाई नेताहरूको भनाई उधृत गर्दै ‘सानो संख्याको हिन्दू राष्ट्रवादी समर्थक समूहले सामाजिक सञ्जालहरूमा इसाईविरोधी वातावरण बनाउने प्रयास गरेको र माथिल्लो वर्गका हिन्दूहरूलाई जातका आधारमा हुने विभेदलाई स्थानीय राजनीतिक ¥यालीहरूमा लागु गराउन प्रोत्साहन गर्छन्।’ भन्दै लेखिएको छ।

यो प्रतिवेदन सार्वजनिक भएपछि विभिन्न नेताहरुको प्रतिक्रिया आएको छ। माओवादी केन्द्रमा हिन्दु राष्ट्रको एजेण्डा प्रवेश गराउन चाहेका पार्टीका केन्द्रीय सदस्य रामकुमार शर्माले अमेरिकाले मानवअधिकार विरोधी प्रतिवेदन सार्वजनिक गरेको बताए ।

‘८० प्रतिशतभन्दा बढी नागरिक हिन्दु धर्म, आचरण र संस्कृतिवादलाई मान्छन्। आफ्नो रितिरिवाजलाई बढाउने र संरक्षण गर्ने प्रकारले मान्छे बोल्न सक्छ, अभियान चलाउन सक्छ, राजनीति गर्न सक्छ । त्यसो गर्नेहरु भारतबाट परिचालित छ, बिजेपीबाट परिचालित छ भन्नु गलत हो ।’ अमेरिकाको प्रतिवेदनले हिन्दु धर्मावलम्बीको आस्थामाथि प्रहार गरेको भन्दै उनले आपत्ति जनाए ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले अमेरिकी विदेश मन्त्रालयजस्तो जिम्मेवार संस्थाबाट प्रकाशित प्रतिवेदनमा नेपालबारे सुनेकै आधारमा कयौँ गम्भीर आरोप लगाइनु अत्यन्त खेदजनक भएको बताए । ‘नागरिक समाजको भनाई भन्दै आधारहीन कथनहरू समेटेको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

वरु, धर्मनिरपेक्ष राष्ट्र बनाउँदा १२ जना शीर्ष नेताले पैसा लिएको हिन्दु राष्ट्र पक्षधर नेताहरुले दावी गरेका छन्। एमाले नेता रावलले नेपालका सनातन धर्मलाई समाप्त गर्न योजनाबद्ध रुपमा पैसा खुवाएर गाउँबस्ती, सहरमा धर्म परिवर्तनको अभियान चलेको बताए । उनी भन्छन्– ‘सनातन धर्मलाई समाप्त गर्नका लागि कयौं संस्थाहरुले योजनाबद्ध रुपमा पैसा खुवाएर गाउँबस्ती, सहर धर्म परिवर्तनको अभियान चलाएको देख्छु । त्यसमा धेरै धनराशी खर्च भएको समाचार माध्यमले लेख्छन्।’

कांग्रेस नेता शंकर भण्डारीले नेपाललाई हिन्दु राष्ट्र बनाउने भन्दा पनि इसाईकरण गर्न अर्बौं पैसा खर्च भएको बताए । ‘एकीकरण हुनुभन्दा पहिले नै नेपालमा पश्चिमा इसाईहरुले इसाईकरण गर्न खोजेका थिए । त्यसको निरन्तरता अहिलेसम्म छ । यसका लागि अर्बौं पैसा खर्च भएको कुरा तथ्यले पुष्टि गर्छ,’ उनी भन्छन् । 

यो पनि,

सर्पले डसेकी किशोरीलाई चङ्ग्याउने भन्दै पास्टरले खुर्सानी खुवाएपछि...

अमेरिकी प्रतिवेदन

विशेष