दार्चुलामा हिमपहिरो, यार्सा टिप्न गएका ९ जना पुरिएको आशंका

दार्चुलाको व्याँस गाउँपालिका–१ बोलिनमा हिमपहिरो जाँदा ९ जना सर्वसाधारण पुरिएको आशंका गरिएको छ।
मंगलबार दिउँसो पौने ३ बजे हिमपहिरो गएको प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । हिमपहिरोमा परी यार्सागुम्बा टिप्न गएका सर्वसाधारण प्रभावित भएको प्रहरीको आशंका छ ।
हिम पहिरो गएको क्षेत्रमा ५० नम्बर गुल्म छाङरुबाट डीएसपीको कमान्डमा ३० जनाको सशस्त्र प्रहरीको टोली गएको छ । प्रहरीका अनुसार बोलिनमा यार्सागुम्बा टिप्न गएका ८÷९ जना त्रिपाल टाँगेर बसेका थिए ।