News

डा. प्रसन्ना शाहको मृत्यु प्रकरणमा दुई जना प्रेमी पक्राउ, परिवारले दिए किटानी जाहेरी

डा. प्रसन्ना शाहको मृत्यु प्रकरणमा दुई जना प्रेमी पक्राउ, परिवारले दिए किटानी जाहेरी

धनगढीको मायाँ मेट्रो अस्पतालमा कार्यरत २६ वर्षीया डा.प्रसन्ना शाहको मृत्यु प्रकरणमा प्रहरीले मृतकका दुई जना प्रेमीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना पूर्वप्रमी हुन भने अर्का हालका प्रेमी हुन। 

धनगढी उपमहानगरपालिका–५ बस्ने डा. शाह विहिवार आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिईन। उनको मृत्यु पछि परिवारका सदस्यले आत्महत्या दुरुत्साहनको उजुरी दिएका थिए। सोही उजुरीका आधारमा सोही अस्पतालमा कार्यरत डा. सन्दीप भट्टराई र धनगढीकै विकल केसीलाईपक्राउ गरिएको छ।

प्रहरीका अनुसार केसी पूर्व प्रेमी हुन भने भट्टराई हालका प्रेमी हुन। दुवैलाई प्रहरीले शनिवार पक्राउ गरेको हो। मृतकका आफन्तले आत्महत्या दुरुत्साहन सम्बन्धी दुवैजनाविरुद्ध किटानी जाहेरी दिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी कुलदीप चन्दले बताए।

प्रहरीले मृतकको मोबाइल बरामद गरेको छ भने मोबाइलमा घटना सम्बन्धी प्रमाण फेला परेको जनाईएको छ।
 

प्रसन्ना शाह मायाँ मेट्रो अस्पताल

विशेष