News

पूर्वसभासद आङटावा शेर्पाविरुद्ध ५ वटा जाहेरी परेपछि प्रहरीले प्रतिवेदन बुझाउन सकेन

पूर्वसभासद आङटावा शेर्पाविरुद्ध ५ वटा जाहेरी परेपछि प्रहरीले प्रतिवेदन बुझाउन सकेन

भुटानी शरणार्थीको नाम लिष्टमा मिसाएर अमेरिका पठाउने भन्दै ठगी गरेका पूर्व सभासद आङटावा शेर्पाविरुद्ध प्रहरीमा ५ वटा जाहेरी दर्ता भएको छ।

शेर्पाले ललितपुरमा कार्यालय नै संचालन गरेर नक्कली शरणार्थीलाई फारम भराउने, मेडिकल गराउने लगायतका काम गरी रकम असुलेको पाईएको छ। 

उनी विरुद्ध दोलखाका ५ जनाले आफूहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै रकम असुलेर ठगी गरेको भन्दै जाहेरी दिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सकेर आइतबार नै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउने तयारी गरेको थियो ।

तर अन्तिम समयमा ५ वटा जाहेरी आएपछि प्रकृया रोकेर पक्राउ गरेकाहरुलाई थप तीन दिन हिरासतमा राख्न अदालतबाट अनुमती लिएको छ। शेर्पाविरुद्ध दोलखा, रामेछाप र ओखलढुंगाका व्यक्तिहरुलाई अमेरिका पठाइदिने भन्दै रकम लिएको आरोप छ ।

आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि आङटावा १ जेठमा प्रहरी कार्यालय आफैं पुगेका थिए । उनले पूर्व गृहमन्त्री बालकृष्ण खाँणले विचौलियालाई फिर्ता गरेको एक करोडबाट पनि ७० लाख रुपैयाँ पचाएको आरोप छ।

आङटावा शेर्पा

विशेष