News

पम्फादेवी भनेपछि आरजु फायरः निराधार आरोप लगाएर चरित्र हत्या गरेको गुनासो

पम्फादेवी भनेपछि आरजु फायरः निराधार आरोप लगाएर चरित्र हत्या गरेको गुनासो

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नि एव्म् नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले निराधार आरोप लगाएर आफ्नो चरित्र हत्या गरिएको वताएकी छिन्।

प्रतिनिधिसभा सदस्य समेत रहेकी उनले पछिल्ला केही दिनदेखि व्यक्तिगत र राजनीतिक चरित्र हत्या भइरहेको भन्दै विज्ञप्ति निकालेकी छिन्। मंगलबार जारी विज्ञप्तिमा भनिएको छ–‘पछिल्ला केही दिनयता मेरो व्यक्तिगत र राजनीतिक चरित्र हत्या गर्ने दूषित मनशाय लिएर केही व्यक्तिहरूले मलाई लक्षित गरेर निराधार र कपोकल्पित आरोप लगाउँदै दुष्प्रचार गरिएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।’

आधारहीन गालीगलौज र लान्छना लगाउने अधिकार कसैलाई नभएको भन्दै उनले भनेकी छिन्–‘हरेक व्यक्तिलाई आफ्नो विचार र अभिव्यक्ति स्वतन्त्रतापूर्वक राख्ने अधिकार छ। मविरूद्ध व्यक्तिगत मानमर्दन गर्ने र हुँदै नभएका आधारहीन विभिन्न विवादमा जोड्ने गरिएकोप्रति सचेत भई त्यस्ता व्यक्तिहरूको रिस, कुण्ठा र आवेग बुझिदिनुहुन अनुरोध गर्दछु।’

केही दिनअघि संसदमा स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले आरजु देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्री गंगा दाहालतर्फ लक्षित गर्दै लोकतन्त्रका पम्फादेवीहरु भन्दै भ्रष्टाचार गरेर अकुत सम्पत्ति थुपारेको आरोप लगाएका थिए । 
 

विशेष