News स्वास्थ्य

दश प्रतिशत विरामीलाई निशुल्क उपचार नगर्ने अस्पतालाई कारवाही गर्ने बालेन्द्रको चेतावनी

दश प्रतिशत विरामीलाई निशुल्क उपचार नगर्ने अस्पतालाई कारवाही गर्ने बालेन्द्रको चेतावनी

काठमाण्डौंका मेयर बालेन्द्र साहले कुल वेड संख्याको १० प्रतिशत विरामीलाई निशुल्क उपचार नगर्ने निजी अस्पतालाई कारवाही गर्ने चेतावनी दिएका छन्। उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल बेड संख्याको दश प्रतिशत छुट्याई निःशुल्क उपचार गर्ने ब्यवस्था गर्न उनले निर्देशन दिएका छन्।

उनले १० प्रतिशत बेड छुट्याएर बिरामीलाई उपचार सेवा दिएको विवरण अनिवार्य रुपमा हरेक महिनाको १० गतेभित्र बुझाइसक्न पनि निर्देशन दिएका छन्। यसअघि महानगर अन्तर्गतको स्वास्थ्य विभागले जारी गरेको सूचना (विपन्न बिरामीका लागि सबै अस्पतालमा दश प्रतिशत बेड छुट्याउन काठमाडौं महानगरको निर्देशन) पुनः सार्वजनिक गर्दै उनले यस्तो निर्देशन र चेतावनी दिएका हुन।

मेयर साहले फेसबुकमा लेखेका छन्– ‘लक्षित वर्गले निःशुल्क सेवा लिएका व्यक्तिहरूको विवरण टाँस गर्ने तथा महानगरमा प्रत्येक महिनाको १० गतेसम्म बुझाउने लगायत कार्य नगरेको पाइएमा काठमाडौं महानगरपालिकाबाट नियमानुसार कारवाही हुने व्यहोरा सम्बन्धित सबै स्वास्थ्य संस्थाहरूलाई जानकारी गराइन्छ।’

स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुको प्रचलित कानुनले ताकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने, स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन गर्ने, अस्पतालभित्र रहेका क्यान्टिनमा खाद्य गुणस्तर कायम गर्ने, अनावश्यक प्रयोगशाला परीक्षणको लागि सिफारिस नगर्न पनि सूचनामा निर्देशन दिईएको छ। 

विशेष