News

सन्दीपको मुद्दामा अन्तिम वहसका लागि आज पेशी

सन्दीपको मुद्दामा अन्तिम वहसका लागि आज पेशी

बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको अन्तिम बहसको पेशी आज तोएिको छ। जिल्ला अदालत काठमाडौंमा आज मुद्दाको पेशी छ ।

वैशाख ११ गते अन्तिम बहस सुरु भए पनि लगातार सुनुवाइ हुन सकेको थिएन। बलात्कार आरोप लागेका लामिछानेको मुद्दाको चाँडो किनारा लगाउन सर्वोच्चले आदेश दिएको छ। तर, पनि मुद्दाको अन्तिम सुनुवाइ प्रभावित हुँदै आएको छ।

सर्वोच्च अदालतले फागुन १५ गते फास्ट ट्रयाकबाट सन्दीपविरुद्धको मुद्दा किनारा लगाउन निर्देशन दिएको थियो। त्यसपछि पनि उक्त मुद्दामा ढिलाई हुँदै आएको छ।

सन्दीपलाई काठमाडौँ जिल्ला अदालतले प्रारम्भिक सुनुवाइमा पुर्पक्षका लागि जेल चलान गरेको थियो। तर पाटन उच्च अदालतले उनलाई थुनामुक्त गरेको थियो भने विदेश जान रोक लगाएको थियो।

सन्दीपले सर्वोच्चोमा पुनरावेदन गरेपछि उनलाई सर्वोच्चले विदेश जान अनुमति दिएको थियो। मुद्दाको अन्तिम फैसला भने जिल्ला अदालतमा हुन बाँकी छ।

सन्दीपको मुद्दाको फैसलामा ढिलाई हुँदा महत्वपूर्ण प्रतियोगिता अन्योलमा परेका छन् । आगामी १८ जूनदेखि ९ जुलाईसम्म हुने विश्वकपको ग्लोबल क्वालिफायर खेल्दैछ । त्यसैको तयारीको लागि नेपालले त्यस पूर्व दक्षिण अफ्रिका भ्रमण गर्दै छ ।

विशेष