News

‘बौलाहा टाईप’ को भनेपछि हर्क साम्पाङले विष्णु रिमालको नाम राखे– गुईँठे

‘बौलाहा टाईप’ को भनेपछि हर्क साम्पाङले विष्णु रिमालको नाम राखे– गुईँठे

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सामाजिक सञ्जालमा प्राय आक्रमक देखिन्छन। धरानको खानेपानीका लागि काम गरिरहेका उनी चर्चामा त छन् नै यदाकदा अभिब्यक्तिकै कारण विवादमा पनि पर्छन।

हर्कले सामाजिक सञ्जालमा प्रायः दुई वटा विषयमा पोष्ट गर्छन। पहिलो– उनी आफुभन्दा उच्च ओहदामा रहेका ब्यक्तिलाई हेपाहा शैलीमा ज्यामी सरह ढुङ्गा र पाईप बोक्न वोलाउँछ भने दोस्रो– विरोधीहरुलाई गाली गर्छन।

उनको यही शैलीका कारण केही दिनअघि वडाध्यक्षहरुसँग समेत माफी माग्नु परेको थियो। त्यसको केही दिनअघि धरानको खानेपानीका लागि सरकारले वजेट नछुट्याए माननियहरुलाई धरान प्रवेश नै नदिने भन्दै उनले चेतावनी दिएका थिए।

संसदिय चुनाव ताका एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उनको सामाजिक सञ्चालमा दोहोरी नै चल्यो। त्यसअघि काठमाण्डौंका मेयर बालेन्द्र साहसँग पनि उनले जोरी खोजे। पछिल्लो समय नेकपा एमालेका उपमहासचिव विष्णु रिमालसँग उनको दोहोरी सुरु भएको छ।

रिमाल र साम्पाङबीच वादविवाद मात्रै होईन, एक–अर्कामाथि तुच्छ शब्द प्रयोग गरेका छन् । सामाजिक सञ्जालमा भाईरल भएको एउटा भिडियो फुटेजमा रिमालले हर्क, बालेन्द्र र रवि लामिछानेका बारेमा टिप्पणी गरेका छन् । 

फेसबुकमा अत्यधिक लाइक आउने सन्दर्भमा काठमाडौंका मेयर बालेन्द्र साह, धरानका मेयर हर्क साम्पाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नाम लिएका उनले हर्क साम्पाङलाई चिनाउने क्रममा भने ‘बौलाहा टाइपको’ भनेका छन्।

एमाले अध्यक्ष केपी ओलीको फेसबुकमा पनि उनीहरूको जस्तै लाइक आएमा पार्टीले बहुमत ल्याउने रिमालको दाबी थियो ।

त्यसपछि साम्पाङले पनि रिमाललाई जवाफ फर्काएका छन्। उनले फेसबुकमा स्टाटस लेख्दै रिमाललाई ‘गुइँठे’ को संज्ञा दिएका छन् । यद्यपि उनको कुराको प्रतिवाद नगर्ने बताएका छन् ।

साम्पाङको स्टाटस यस्तो छ, ‘विष्णु रिमाल कि खोइ के भन्ने गुइँठेले के भने भन्ने कुराको प्रतिवाद म दिन्न । मेरा समर्थक र शुभचिन्तक सार्वभौम नेपाली जनतालाई छोडिदिन्छु ।’
 

विशेष