News

नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि पनि छानबिन गर्न ओलीको चुनौती

नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि पनि छानबिन गर्न ओलीको चुनौती

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि पनि छानबिन गर्न चुनौती दिएका छन्।

आइतबारको प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले यस प्रकरणमा कतिपयलाई एमालेको नाम लिन रहर लागेको बताउँदै आफुमाथि पनि छानविन गर्न चुनौती दिएका हुन।

‘म चुनौतीका साथ भन्न चाहन्छु– म गृहमन्त्री भएँ, परराष्ट्रमन्त्री भएँ, पटक–पटक प्रधानमन्त्री भएँ छानबिन होस्।छानबिन गरियोस्। म चुनौतीका साथ भन्न चाहन्छु, हामी सधैं भ्रष्टाचारका विरूद्धमा छौं।’ उनले भने–‘एमालेलाई गाली गर्न मन लागेको छ। केपी ओलीलाई गाली गर्न रहर लागेको छ। रहर गर्नु मात्र पनि त होइन रहेछ जिन्दगी। पार लाग्दैन।’

निर्दोष फसाउन प्रयास भइरहेको भन्दै उनले दोषी उम्काउने र निर्दोष फसाउन प्रयास नगर्दा हुने वताए। ‘आगो छोप्न सकिन्छ, धुवाँ छोप्न सकिन्न, ९७५ जनासँग पैसा उठाइएको छ। चानचुने कुरा हो? त्यसकारण यो भोलि पनि निस्कन्छ। निर्दोष नफसोस्,’ ओलीले संसदमा भने।

कतिपयलाई तीनवटा प्रमुख पार्टीका नेताहरू भेट्दा सन्देह उत्पन्न भएको पनि बताए। ‘तीन नेता भेट्दा, संसद् बैठक, मन्त्रिपरिषद् पटकपटक बस्दा सन्देह पैदा भयो! के भनेको यो? संसद् बैठक चलाउनु छ, देशको अवस्था यस्तो छ, सदन कसरी चलाउने? सहमतीय बाटोमा कसरी जाने ? आदि कुरामा नेताहरू छलफल गर्दैनन?कानुन निर्माण, संशोधन कसरी गर्ने छलफल गर्दैनन?,’ उनले भने।

ओलीले बाघ भोकै मर्ने तर घाँस नखाने टिप्पणी गरे।

विशेष