News

वुद्धको जहाजमा लुकेको मुसो २४ घण्टामा निस्कियो

वुद्धको जहाजमा लुकेको मुसो २४ घण्टामा निस्कियो

चौविस घण्टाभन्दा वढि समय लगाएर वुद्ध एयरमा रहेको मुसा निकालिएको छ। शनिवार विहान देखिएको मुसा आईतवार विहानी निकालिएको हो।

शनिबार जनकपुरबाट उड्ने तयारीमा रहेको नाइनएन–एजेएल जहामा ‘मुसा’ देखिएपछि ग्राउण्डेड गरिएको थियो। जहाजमा मुसो रहेको यात्रुले देखेका थिए । तर, शनिबार चेकजाँचका क्रममा मुसो फेला परेन। त्यसैले जहाज जनकपुरमै रोकिएको थियो ।

आइतबार बिहान ट्रयापमा मुसा भेट्टिएको र जहाजलाई सम्पूर्ण चेकजाँच गरी २–३ घण्टासम्म रनअप लिई थप सजगता अपनाइएको बुद्ध एयरले जनाएको छ । उक्त जहाज आइतबार नै प्रशिक्षक चालक र टेक्निकल टिमले काठमाडौं ल्याएको छ ।

जहाजलाई थप निरीक्षण गरी व्यावसायिक उडान थालिने जनाएको बुद्धले यात्रुलाई आफ्नो ब्यागेज तथा लगेजलाई राम्ररी बन्द गरी ल्याउन अनुरोध समेत गरेको छ। 
 

विशेष