News

आरजु राणाका समाचार लाईक, कमेन्ट र शेयर गरे कार्वाही

आरजु राणाका समाचार लाईक, कमेन्ट र शेयर गरे कार्वाही

नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएकी कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाकी श्रीमतीसहित शिर्ष नेता र तीनका परिवारका विरुद्ध आएका समाचारमा लाईक, कमेन्ट र शेयर गरे कार्वाही हुने भएको छ।

यसैगरी, पार्टी छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा जाने नेता कार्यकर्तालाई बधाई दिनसमेत प्रतिबन्ध लगाईएको छ। जिम्मेवार नेता र तीनका परिवारको नाम जोडिएपछि नेपाली कांग्रेसले आन्तरिक रुपमा यस विषयमा कडाई गरेको पाईएको छ।

पछिल्लो समय पार्टी सभापति शेरबहादुर देउवा पत्नी कांग्रेस नेतृ तथा सांसद आरजु राणा देउवाविरुद्ध सामाजिक सञ्जाल र अनलाइनमा लेखिएका समाचारलाई पार्टीका जिम्मेवार नेताकार्यकर्ताबाटै लाइक र कमेन्ट आउन थालेपछि कांग्रेसको बागमती प्रदेश समिति बैठकमा समेत यसले चर्चा पाएको थियो।

बैठकमा दोलखा पार्टी सभापति बर्मा लामाले पार्टीको जिम्मेवार नेताले नै पार्टी नेता विरुद्धका समाचार लाइक, कमेन्ट र सेयर गर्ने अनि पार्टी छाडेर रास्वपा गएकालाई प्रगतिको शुभकामना भन्दै बधाई दिनु गम्भीर विषय भएको वताएका थिए।

बैठकमा सभापति इन्द्र बानियाँले यसरी लाइक कमेन्ट गर्ने र सेयर गर्नेलाई कारबाही गर्ने चेतावनी नै दिए। त्यसो त समाचार लाईक, सेयर गर्ने मात्रै होइन आरजुका विरुद्ध आएका समाचारमा ‘खुच्चिङ’ र ‘बल्ल मज्जा आयो’ भन्ने कमेन्ट समेत नेताहरूबाटै गरेको देखियो भन्दै केही नेता बैठकमै जुर्मुराए।

चितवनबाट प्रतिनिधित्व गर्ने बागमती प्रदेश सदस्य देवकी गौतमले बैठकमै पार्टी छाडेको घोषणा गरिन् भने प्रदेश कार्यसम्पादन समिति सदस्य लामा कर्पु बैठकमै आएनन् र मेसेज लेखेर राजीनामा पठाए । अन्य केही सदस्यले पनि पार्टी छाड्छौं भन्ने सन्देश पठाएका छन्।
 

विशेष