News

चीनियाँ ऋण र पोखरा विमानस्थल बारे सूचना माग्दै मन्त्रालय पुगे विनिय यादव

चीनियाँ ऋण र पोखरा विमानस्थल बारे सूचना माग्दै मन्त्रालय पुगे विनिय यादव

राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले चिनियाँ ऋणमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्वन्धित सूचना माग गर्दै सरकारलाई निवेदन दिएका छन्।

सूचनाको हक सम्बन्धी ऐनको प्रयोग गर्दै यादवले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिएका हुन् । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि भएको समझौताको प्रतिलिपी मागेका छन्।

यसैगरी, समझौता हुँदाको समयमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुमानित लागत र सम्झौतापछि कुन–कुन मितिमा कति कति, कुन–कुन कारण र कुन प्रक्रियाले अनुमानित लागत वृद्धि भएको हो ? भन्ने विषयमा प्रश्न गरेका छन्।

यादवले परियोजनामा लगानीको स्रोत तथा अन्तिम लागतको जानकारी समेत माग गरेका छन्।
 

विशेष