प्रहरी हिरासतमा रहेका मदन राईले ६ वर्ष अघि नै यस्तो भनेका थिए
कृषी वैज्ञानिक तथा खोटाङको रुपाकोटा मजुवागढी नगरपालिक २ दिक्तेलस्थित शुभद्रा मदन फाउन्डेसनका अध्यक्ष मदन राई अहिले प्रहरी हिरासतमा छन्। उनलाई बाल यौन दुर्व्यवहारको आरोपमा प्रहरीले वैशाख २९ गते पक्राउ गरेको हो।
फाउण्डेशनद्वारा सञ्चालित विद्यालयमा अध्ययनरत छात्राहरूलाई निर्वस्त्र भई अश्लील शब्दहरू प्रयोग गर्ने, निर्वस्त्र भई मसाज गर्न लगाउने, संवेदनशील अङ्गहरूमा हात हाल्ने र शारीरिक सम्पर्कका लागि आग्रह गर्ने गरेको आरोप उनीमाथि लागेको छ।
राई यौनका विषयलाई लुकाउन हुँदैन भन्ने खुल्ला विचारका ब्यक्ति हुन। उनी यौन र यौनाङ्गसँग सम्वन्धित कुरा विना हिचकिचाहट वोल्छन र सामाजिक सञ्जालमा लेख्छन्। त्यसैलाई उनलाई कतिपयले समाज विरोधी पनि भन्ने गरेका छन्। बोल्न र खेल्न नपाउने हो भने त्यस्ता शब्द शब्दकोषमा किन समावेश गरियो ? भन्ने उनको प्रश्न छ। बोल्नै नहुने हो भने त्यस्ता शब्द शब्दकोष र गुगलबाट पनि हटाउनु पर्ने उनी बताउँछन्।
राइको विचारमा यौनलाई हरेक धर्मले नियन्त्रण गरेको छ । व्यवस्थित गर्दा हुने विषयमा धर्मले नियन्त्रण गरेकोमा उनी असन्तुष्टि जनाउँछन्। यौन र यौनाङ्गका विषयमा फरक धारणा राख्ने राई विवाहका बारे पनि फरक विचार राख्छन् । जोसँग यौन सम्बन्ध राखियो, त्यसैसँग विवाह गर्नुपर्छ भन्ने मान्यता गलत भएको उनी बताउँछन्।
एक जनाले एकजनासँग मात्रै यौन सम्बन्ध राख्नु पर्छ भन्ने मान्यता गलत र अप्राकृतिक भएको राई वताउँछन्। उनी आफुले २ वटा विवाह गरेको र १३ वर्षमा पहिलो पटक यौनसम्पर्क राखेको बताउँछन्।
उनै मदन राईसँग ६ वर्षअघि नेपाल आजले गरेको कुराकानी यहाँ प्रश्तुत गरिएको छ।
मदन राई शुभद्रा मदन फाउन्डेसन