News

एमाले महासचिवको आरोपः रास्वपा र सिमान्त गुरु एकै हुन, जनताको निरासको लाभ लिन खोजिरहेका छन्

एमाले महासचिवको आरोपः रास्वपा र सिमान्त गुरु एकै हुन, जनताको निरासको लाभ लिन खोजिरहेका छन्

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) र छोएर रोग निको पार्ने दाबी गर्दै हिडेका ‘सिमान्त गुरू’ भनिने भरत केसी एकै भएको टिप्पणी गरेका छन्।

सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रमलाई रास्वपाले ‘विरोध नगर्ने, आलोचनात्मक समर्थन गर्ने’ बताएपछि पोखरेलले यस्तो टिप्पणी गरेका हुन। नीति तथा कार्यक्रमलाई गतिविहीन दस्तावेज बताउँदै खारेज या पुनःलेखन गर्न भनेको एमालेले संसदमा रास्वपाको समर्थन नपाएपछि महासचिव पोखरेलले कटाक्ष गरेका हुन्।

पोखरेलले रास्वपाको नाम भने लिएनन्। तर उनको संकेत रास्वपा तर्फ नै थियो। पुरानो होइन नयाँ भनेर नीतिविहीन, उद्देश्यविहीन पपुलिस्ट राजनीति गर्नेहरूले ठीक र बेठीक छुट्टयाउने द्वन्द्वात्मक चेतनावाट समाजलाई विमुख बनाएको उनको आरोप छ।

‘उद्देश्यविहीन पपुलिस्ट कुरा गर्नेहरू र छोएरै उपचार गर्छु भनेर भिड जम्मा गर्ने सिमान्त गुरूमा के अन्तर भयो र ?’ भन्दै पोखरेलले भनेका छन्, ‘दुवैथरी जनताको निरासको लाभ लिन खोजिरहेका छन्।’

उनले भने– ‘कहाँ चुकेको छ सरकार? नीति तथा कार्यक्रमले के कुरालाई सम्बोधन गर्नु पथ्र्यो भन्ने कुरामा विपक्षी दलका नेताले तथ्यगत रूपमा आफूलाई प्रस्तुत गर्दा पनि गफ ठान्ने जमातले नबोलिकन राष्ट्रलाई डुवाउने देउवा र खुलेआम लुट मच्चाएर शान्ति प्रक्रियाको दुहाइ दिने प्रचण्डको पैरवी गर्नु कुनै अनौठो कुरा होइन।’

सिमान्त गुरु

विशेष