News

१२ दिनपछि श्रीमान् बालकृष्ण खाँणलाई भेट्न हिरासतमा पुगिन् मञ्जु

१२ दिनपछि श्रीमान् बालकृष्ण खाँणलाई भेट्न हिरासतमा पुगिन् मञ्जु

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न भएको आरोपमा पक्राउ परेका पति बालकृष्ण खाणलाई भेट्न सांसद मञ्जु खाण प्रहरी हिरासतमा पुगेकी छिन्।

१२ दिनपछि उनी पति भेट्न हिरासतमा पुगेकी हुन। उनले सोमवार विहान जिल्ला प्रहरी कार्यालय टेकुको हिरासतमा पति खाणसँग भेटघाट गरेको एक प्रहरी अधिकारीले जानकारी दिए । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न देखिएका पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता खाण वैशाख २७ गते चुच्चेपाटीबाट पक्राउ परेका थिए । सो प्रकरणमा मञ्जुमाथि समेत अपुष्ट आरोप लागेको छ।

त्यसपछि मोवाईल स्विच अफ गरेर सम्पर्कविहिन भएकी उनी एकै पटक जेठ ४ गतेको प्रतिनिधि सभाको बैठकमा देखा परेकी थिईन। उनी माथि ६ करोड रुपैयाँ लिएको आरोप छ। 

प्रहरीले आज सरकारी वकिलको कार्यालयमा शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिरहेको बेला मञ्जु आफ्ना पति खाणलाई भेट्न पुगेकी हुन । शरणार्थी प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन् । 
 

विशेष