खाँणबारे देउवाले भने: मिडिया र पुलिसले दोषी बनाएर हुँदैन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालकृण खाँणलाई मिडिया र प्रहरीले दोषी देखाएर मात्र नुहने भन्दै कार्यकर्तालाई आश्वस्त वनाएका छन्।
नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङसहितको टोलीसँग कुराकानी गर्ने क्रममा देउवाले यस्ता वताएका हुन। एक जना सहभागीका अनुसार ‘तपाईंहरू धेरै चिन्ता नगर्नू। मिडियाले, पुलिसले दोषी बनाएर मात्रै हुँदैन।’ भन्दै जवाफ दिएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले शरणार्थी प्रकरणमा करोडौँ ठगी गरेको आरोपमा समातिएका खाँणसहित १६ जना र अन्य फरारविरुद्ध अनुशन्धान सकेर प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ।
उक्त प्रकरणमा देउवा, उनकी पत्नि आरजु राणा र बालकृष्ण खाणकी पत्नि मन्जुको पनि नाम पोलिएको छ। तर प्रहरीले आफनो प्रतिवेदनमा उनीहरुको नाम समावेश गरेको छैन।