News अपराध सुरक्षा

नीरा हत्या प्रकरणः नागरिकका मनमा अझै खेलिरहेका प्रश्न

तीन लाख ऋण पनि नतिरिने सिक्री मात्रैका लागि विनोदले किन उठाए यत्रो जोखिम ?

नीरा हत्या प्रकरणः नागरिकका मनमा अझै खेलिरहेका प्रश्न

वैशाख ७ गते २० ठाउँमा छुरा रोपेर विभत्स हत्या गरिएकी काठमाडौं–६, कपनस्थित सरस्वतीनगरकी ३२ वर्षिया निरा पाण्डे आचार्यको सोमबार अन्त्येष्टि गरिएको छ । हत्या भएको ११ दिनपछि पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको हो। 

प्रहरीले आइतबार हत्यामा संलग्न भएको आरोपमा झापाको मेचीनगर नगरपालिका–१०, विर्तामोडका विनोद बिकलाई पक्राउ गरेको थियो। त्यसको भोलिपल्ट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले निराको घर पक्षका आफन्तसँग छलफल गरेर शव जिम्मा लगायो।

तर माइती पक्षले भने प्रहरीको अनुसन्धानमा चित्त बुझाएको छैन। उनीहरु मात्र होईन, हत्याको कारण सुनेपछि धेरैको मनमा केही सवाल छन्। जसको चित्तवुझ्दो जवाफ प्रहरीले दिएको छैन। जुवाको लतमा परेर ३ लाख रुपैयाँ ऋण लागेपछि घरबाट निकालिएका हत्यारा करिव १ लाख पर्ने सिक्रीकै लागि निराको हत्या गर्न तयार भए त ? ऋण पनि तिर्न नपुग्ने सिक्रीका लागि हत्या भयो होला भन्ने कुरा धेरैलाई अहिले पनि पचेको छैन।

पहिलो कुरा त कसैको हत्या गर्नु चानचुने कुरा होईन। त्यसमाथि राजनीतिक संरक्षण वा पैसाको चलखेल नभए कुनै न कुनै दिन जिवनको उर्जाशिल समय जेलमा विताउनु पर्ने कुरालाई विनोदले विर्सिए र सिक्रि पाउने वित्तिकै उत्साहित भएर हत्या गर्न तयार भए होलान भनेर पत्याउन सक्ने आधार छैन।

अर्कोतर्फ, सडकमा हिँडिरहँदा उनको नजर नीराको सिक्रीमा परेको र सिक्रि देखेपछि भाँडा किन्ने वहानामा पसलमा छिरेर हत्या गरेको प्रहरीले जनाएको छ। तर, यही कुरा पुष्टि गर्न प्रहरीले जोडेको घट्ना क्रममाले भने उनी सिक्री लुट्न नभई हत्याकै योजनाले पसलमा छिरेको अनुमान गर्न सकिन्छ। किनकी उनी एक पटक पसलमा छिरेर योजना असफल भएपछि वाहिर निस्किएको र अर्को पसलमा चुरोट खाएपछि दोहोर्याएर पसलमा गई हत्या गरेको देखिन्छ। यति समयमा उनको दिमागमा यत्रो अपराध गर्न हुँदैन भन्ने सोच र ब्यस्त वजारमा दिनदहाडै यति ठुलो अपराध गर्दा डर किन भएन ? भन्ने प्रश्न स्वभाविक रुपमा उठ्छ।

यसैगरी, भक्तपुरको लोकन्थलीमा वस्ने विनोद बस चढेर चाबहिलको केएल टावर पुगेको र त्यसपछि हिँड्दै कपनको सरस्वतीनगर गएको प्रहरीले जनाएको छ। बरालीनकै लागि उनी बस चढिओरी पैदल यात्रा गरेर निराको पसलमा पुगे त ? यदि होईन भने उनी त्यहाँ किन गएका थिए ? यसको चित्त वुझ्दो जवाफ नागरिकले पाएका छैनन्।

वरु, बिकको सानीआमाको घर पनि त्यही क्षेत्रमा भएको र त्यही क्षेत्रको डिस्कोमा काम गरेर छोडेको अनुशन्धानबाट खुल्नुले शंका गर्ने प्रशस्त आधार छन्। निरा र उनका श्रीमानको सम्वन्धमा दरार देखिनु, तीन वर्षअघि पति योगेन्द्र आचार्यले करिव १ सय मिटरको दुरीमा अर्को पसल खोल्नु, १९ लाख म्याचुअर्ड भएकै दिन हत्या हुनुले यो घट्ना योजनावद्ध र सामुहिक रुपमा भएको होकी भन्नेमा धरैको आशंका छ।

शरीरमा प्रहार गरिएको छुरा बरामद नहुनु, छुरा प्रहार गरेको ठाउँबाट धेरै रगत नबग्नु, अन्यत्र रगतका छिटा नदेखिनुलगायतका विषयले आफन्त पनि यो घट्नालाई दुर्घनाका रुपमा मान्न तयार छैनन्। सबै घटनाक्रम हेर्दा योजनाबद्ध रुपमा घटना भएको हो भन्ने उनीहरुको अनुमान छ।

खासमा हत्याको करिव १० दिन वितिसक्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन नसकेपछि मृतकका आफन्तले आन्दोलन गरे। संसदमा समेत यो विषयले प्रवेश पाएपछि प्रहरी दवावमा पर्यो। त्यसैले तत्काल उपलब्ध तथ्य र प्रमाणलाई आधार वनाएर प्रहरीले हत्यारालाई सार्वजनिक गर्यो। तर, अनुशन्धानलाई निरन्तरता दिने कडी प्रहरीसँग अझै वाँकी होलान भन्नेमा आम नागरिक विश्वस्त छन्।

त्यसैले अहिले पनि प्रहरीले यो घट्नामा काम गरिरहेको र चाँडै ठुलै खुलासा गर्छ  भन्नेमा आम नागरिक विश्वस्त छन्। तर, प्रहरीले भने नीराको परिवारसँग अभियुक्तको यसअघि कुनै सम्पर्क नदेखिएको तथा हत्या गर्नु पर्ने अर्को कुनै कारण फेला नपरेको वताउँदै आएको छ। 

नीरा आचार्य सरस्वतीनगर निरा पाण्डे आचार्य

विशेष