News

कामीरिता २८ औं पटक पुगे सगरमाथाको चुचुरो, फेरी बनाए किर्तिमान

कामीरिता २८ औं पटक पुगे सगरमाथाको चुचुरो, फेरी बनाए किर्तिमान

सोलुखुम्बुको पाङबोचेका पासाङ दावा शेर्पाले २७ औं पटक सगरमाथा चढेर कीर्तिमान बराबरी गरेपछि ५३ वर्षीय कामीरिताले २८ औं पटक सगरमाथा चढेर विश्वकिर्तिमान कायम राखेका छन्।

उनी आबद्ध कम्पनी सेभेन समिट ट्रेक्स प्रालिका म्यानेजर थानेश्वर गुरागाईंले मंगलबार बिहान ९ बजेर २३ मिनेटमा कामीरिताले सगरमाथाको सफल आरोहण गरेको जानकारी दिए । योसँगै कामीरिताले यस वर्ष एकै सिजनमा दुई पटक सगरमाथा आरोहण गरेका छ।

यसअघि उनी १७ मे २०२३ मा सगरमाथाको चुचुरोमा पुगेका थिए । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका थामे गाउँका कामीरिता सेभेन समिट ट्रेक्स प्रालिका गाइड हुन् । 

शेर्पाले पहिलो पटक २४ वर्षको उमेरमा सगरामाथा आरोहण गरेका थिए। उनले आठ पटक चो ओयु, तीन पटक मनास्लु, एक पटक ल्होत्से, एक पटक केटु गरी ३९ पटक विश्वका अग्ला हिमालहरुको आरोहण गरिसकेका छन्। सन् २००९, २०१०, २०१३ र २०२३ मा उनले एकै सिजनमा दुई पटक सगरमाथाको आरोहण गरेका थिए। साथै २०१९ मा ६ दिनमा २ पटक, २०२१ र २०२२ मा क्याम्प–२ देखि सगरमाथाको चुचुरो सम्म डोरी टाँग्न नेतृत्व समेत गरेका थिए। 

पासाङ दावा शेर्पाले सोमवार मात्रै २७औं पटक सगरमाथा चुचुरोमा पुगेर कामिरितासँग रेकर्ड बरावर गरेका थिए। पासाङ खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नं ४ का स्थानीय हुन् । सन् १९९८ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका पासाङले त्यसयताका २७ वर्षमा २७ पटक सगरमाथा चढेर कीर्तिमान कायम गरेका हुन्।

दावा उपनामले पनि चिनिने उनी सन् २००६, २००७, २०१०, २०१३, २०१८, २०१९ र २०२२ मा दुई पटक सगरमाथाको चुचुरोमा पुगेका थिए। 
 

विशेष