News खेल

एसिया कप खेल्न नेपाललाई ११८ रनको लक्ष्य, यूएई ११७ रनमा अलआउट

एसिया कप खेल्न नेपाललाई ११८ रनको लक्ष्य, यूएई ११७ रनमा अलआउट

एसीसी प्रिमियर कपको जारी फाइनल खेलमा यूएई ३३.१ ओभरमा ११७ रन बनाएर अलआउट भएको छ । यूएईका जुनैद सिद्दिकी ललितको बलमा मिडविकेट क्षेत्रमा कुशल भुर्तेलबाट क्याच आउट भएपछि यूएई ११७ रनमै अलआउट भयो।

कीर्तिपुरस्थित त्रिवि मैदानमा वर्षाका कारण फाइनल खेल प्रभावित बनेपछि बाँकी खेल आज भएको हो । दुई पटक वर्षाले प्रभावित खेलमा यूएईले ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल स्थगित भएको थियो । आज त्यहीबाट पुनः खेल सुरु भएको थियो । यूएईले बाँकी खेलमा ११ रन थपेर अलआउट भयो ।

२८औं ओभरमा नेपालका ललित राजवंशीले लगातार दुई विकेट लिँदा यूएई अलआउट नजिक पुगेको थियो । आज ललितले त्यहीबाट बलिङ गरेर यूएईलाई अलआउट गरे । तर उनी ह्याट्रिक गर्नबाट भने चुके ।

अब केही समयपछि नेपालले ब्याटिङ गर्नेछ । आज पनि वर्षाको सम्भावना रहेकाले नियमित खेलमा नतिजा नआएमा सुपर ओभरको विकल्प रहने छ । पहिलो सुपर ओभर बराबरी भए दोस्रो सुपर ओभर पनि खेलाइनेछ ।

यदि सुपर ओभर पनि सम्भव नभएमा आईसीसी वरियताको आधारमा अगाडि रहेकाले नेपाल च्याम्पियन बन्नेछ । 
 

विशेष