News

प्रचण्डले जसपालाई सरकारमा भित्र्याउँदा मधेशमा जसपाले माओवादीलाई हटायो

प्रचण्डले जसपालाई सरकारमा भित्र्याउँदा मधेशमा जसपाले माओवादीलाई हटायो

प्रधानमन्त्री पुष्पकमल दाहालले जसपाका एक जना मन्त्री र एक जना राज्यमन्त्री थपेर मंगलवार मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् ।

दाहालले जसपाका वीरेन्द्र कुमार महतोलाई वन तथा वातावरण मन्त्री र प्रमिला कुमारीलाई शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बनएकाका छन् । जसपाबाट अशोक कुमार राई यस अघि नै शिक्षा मन्त्री छन् ।

योसँगै दाहाल नेतृत्वको मन्त्रिपरिषद २५ सदस्यीय भएको छ । सरकारमा नेपाली कांग्रेसका एक उपप्रधानमन्त्रीसहित ९ मन्त्री, माओवादीका एक उपप्रधानमन्त्रीसहित ५ मन्त्री र एक राज्यमन्त्री, एकीकृत समाजवादीका दुई मन्त्री र एक राज्यमन्त्री तथा नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी र नेपाल समाजवादी पार्टीका एक–एक मन्त्री छन् ।

यसैबीच मधेश प्रदेश सरकारबाट भने माओवादी आउट भएको छ। मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेलगत्तै माओवादीले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

माओवादी केन्द्र संसदीय दलको बैठकले सरकार छाड्ने निर्णय गरेको दलका नेता भरत कुमार साहले जानकारी दिए । मन्त्रालय भागबण्डाका लागि हिजो बसेको दलहरुको बैठकमा माओवादीले दुईवटा मन्त्रालयमा दाबी गरेको थियो । तर बैठकमा सहमति जुटेको थिएन। 
 

विशेष