News

शरणार्थी प्रकरणः अदालतबाट छुटेपनि प्रहरी हिरासतमै रहने छन् यी भीआईपी

शरणार्थी प्रकरणः अदालतबाट छुटेपनि प्रहरी हिरासतमै रहने छन् यी भीआईपी

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरु अदालतबाट छुटेपनि प्रहरी हिरातबाट भने नछुट्ने भएका छन्। उक्त प्रकरणमा अहिले १६ जना पक्राउ परेका छन्। तर, ३० जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता हुँदैछ।

प्रतिवादी बनाईएका तीस जनाविरुद्ध अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाई पनि पत्र लेख्ने निर्णय भएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कर्मचारी र सार्वजनिक ओहदामा रहेकाको हकमा अख्तियार र अन्यको हकमा सम्पत्ति शुद्धीकरणले अनुसन्धान गर्न पत्राचार गर्ने निर्णय गरेको हो ।

अभियोग पत्रमा प्रतिवादीहरू छुटेको अवस्थामा प्रहरीको जिम्मा लगाउन माग गरिएको छ । प्रतिवादीको सम्पत्ति र राहदानी पनि रोक्का राख्न माग गरिएको छ । यसअघि प्रहरीले पनि आरोपीहरुको वारेमा अनुशन्धान गर्न अख्तियार र सम्पत्ति सुद्धिकरणमा पत्राचार गरेको जनाएको थियो। 


 

विशेष