News खेल

भारतसँग हार्यो नेपाल, फाईनल प्रवेशका लागि अर्को सेमिफाईनल खेल्नु पर्ने

भारतसँग हार्यो नेपाल, फाईनल प्रवेशका लागि अर्को सेमिफाईनल खेल्नु पर्ने

काभा वुमेन्स च्यालेञ्ज कप भलिबल प्रतियोगिताको आजको खेलमा नेपाल भारतसँग ३–१ को सेटमा पराजित भएको छ । प्रतियोगिता अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल पराजित भएको हो।

सुरुवाती दुई सेट क्रमसः २५–१२ र २६–२४ ले गुमाएको नेपालले तेस्रो सेट २५–२१ ले जितेर खेलमा फर्किने प्रयास गरेको थियो । चौथो सेटको आधा समयसम्म प्रतिस्पर्धात्मक भए पनि एक समय नेपालले १८–१५ को अग्रता बनाएर आशा जगायो। तर, त्यसपछि नेपालले ३ अंकमात्र जोड्दा भारतले १० अंक जोडेर खेल जित्न सफल रह्यो ।

यद्यपी दुवै टोली यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन्। आजको खेलको नतिजाले समूह ए को विजेताको टुंगो लगाएको छ । नेपालले फाइनल प्रवेशका लागि अव दोस्रो सेमिफाइनल काजाकस्तानसँग खेल्नुपर्ने छ । नेपाल र काजाकस्तानबीचको खेल शुक्रबार हुने जनाईएको छ ।

बुधबारै भएको समूह बी अन्तर्गत अन्तिम खेलमा उज्वेकिस्तानलाई ३–१ को सेटमा हराएर काजाकस्तान समूह विजेता बनेको थियो ।
 

विशेष