News अपराध सुरक्षा

बालकृष्ण खाँणका पीए, सचिव पाण्डे र केशव दुलालको सेटिङ सुन तस्करीसम्म

बालकृष्ण खाँणका पीए, सचिव पाण्डे र केशव दुलालको सेटिङ सुन तस्करीसम्म

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणका पीए नरेन्द्र केसी, सचिव टेकनारायण पाण्डे र केशव दुलालको सम्वन्ध सुन तस्करीमा समेत देखिएको छ। केसी, पाण्डे र दलला मिलेर सुन तस्करीमा समेत सेटिङ मिलाउने गरेको खुल्ने म्यासेज फेला परेको छ।


केसीले आईजीपीलाई भनेर केशव दुलाललाई तस्करीको सुन भित्र्याउन सेटिङ मिलाएको खुलेको हो। केसीले पूर्व गृहसचिव पाण्डेसँग पनि कुराकानी गरेको र सेटिङका लागि म्यासेज गरेको खुल्ने प्रमाण फेला परेको स्रोतको दावी छ। 

केसीले पाण्डेको एउटा नम्बर टिएन पाण्डे २ का नाममा सेभ गरेका छन्। उनीहरुबीच भाइवर र वाट्सएपमा कुरा भएको छ। वाट्सएपमा भएको कुराकानीमा केशव दुलालले सोधेका छन्, ‘सर एयरपोर्टमा गोल्डको लाइन दिन सकिन्छ बिग प्रोग्रामको लागि हजुर?’

जवाफमा केसीले आईजीपीसँग भनेको उल्लेख छ। यस्तै वाट्यएपमा आर्थिक लेनदेनका समेत म्यासेज फेला परेका छन्। केसी, दुलाल र पाण्डे शरणार्थी प्रकरणमा हिरासतमा छन्। 
 

सुन तस्करी भुटानी  शरणार्थी

विशेष