News अपराध सुरक्षा

केशव दुलालले बुझाए ११ करोडको हिसाव, लिनेमा बादल, ओलीका पीएदेखि प्रेम राईसम्म

बालुवाटार र सिंहदरबारमै हुन्थ्यो करोडौंको लेनदेन, सवै नगदमा कारोवार 

केशव दुलालले बुझाए ११ करोडको हिसाव, लिनेमा बादल, ओलीका पीएदेखि प्रेम राईसम्म

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहबाट तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका पिए राजेश वज्राचार्यले बालुवाटारै करोडको लेनदेन गरेको पाईएको छ।

मुख्य योजनाकार केशव दुलालले टोपबहादुर रायमाझीका पिए लिला जिसीमार्फत ०७६ असोजमा वज्राचार्यलाई बालुवाटारमै १ करोड दिएको बयान दिएका छन्। लिलाले सामाजिक समितिबाट निर्णय भएको अघिल्लो दिन बेलुका एक करोड लिएको उनको दावी छ।
 
‘भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने भनी विश्वास दिलाएपछि मैले निजलाई एक करोड चौबिस लाख पचास हजार तत्कालिन गृहसचिव टेकनारायण पाण्डेलाई दिएको हुँ, रकम दिँदा के–कहाँ ल्याइदिन प¥यो भनी निजलाई सोध्दा निजले गृह मन्त्रालयमा नै ल्याइदिनु भनेको हुँदा मैले पटक–पटक गरी निज कार्यरत रहेको कार्यालयमा रहेको गोप्य कोठामा लगि उक्त रकम नगदै बुझाएको हुँ।’ उनले भनेका छन्।

त्यो मध्ये २५ हजार उनका पिएसओ कामती थरका प्रहरीले सिंहदरबार भित्र रहेको कानून मन्त्रालय अगाडि सचिव चढ्ने गाडी ल्याई नगदै बुझेको उनले दावी गरेका छन्। 

उनले तत्कालिन गृहमन्त्री रामवहादुर थापाले समेत ३ करोड रुपैयाँ लिएको दावी गरेका छन्। छोरा प्रतिक थापा मार्फत् मन्त्री क्वार्टर पुल्चोकमा राष्ट्रिय सभागृहको चुनाव हुनु भन्दा अगाडि तीन करोड लिएीको उनको दावी छ। यसैगरी प्रतिकले नक्साल निलगिरी थकाली भन्सा घरको आँगनको उत्तर तर्फ रहेको होटलको माथिल्लो तलामा ०७६ साल असारमा एक करोड लिएको पनि उनको दावी छ।

तत्कालीन गृह सचिव प्रेम कुमार राईले डा.इन्द्रजित राईमार्फत तीन करोड नगदै बुझेको दुलालले वताएका छन्। वलीका पूर्व सल्लाहकार डा.अजय क्रान्ति शाक्य (तत्कालीन इरायलका नेपाली राजदुत अन्जन शाक्यका श्रीमान र तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शक्यका पिए राजेश्वर स्थापितले रकमको अपुग भयो भन्दै एक÷एक करोड लिएको उनको बयानमा उल्लेख छ।

सानु भण्डारीको घरबाट बरामद भएको डायरीमा ‘दुलाल मामा’ भनी उल्लेख गरी उनले दिएको पैसा आफनै भएको पनि उनले जिकिर गरेका छन्। ‘उक्त रकम डा. इन्द्रजित राईले मलाई र मेरो आफन्तहरू समेतलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिन्छु त्यसको लागि केही रकम दिँदै गर्नु भनेको हुँदा निज ईन्द्रजित राईलाई बुझाउनको लागि भनी उक्त रकम मैले प्रतिवादी सानु भण्डारीलाई दिएको हुँदा मैले दिएको रकमको विवरण निजले आफ्नो डायरीमा उल्लेख गरेका रहेछन्।’ उनले भनेका छन्।

भुटानी शरणार्थी

विशेष