News

धरानभित्र कसैले घुस मागे बाटोमा घिसार्ने हर्क साम्पाङको चेतावनी

धरानभित्र कसैले घुस मागे बाटोमा घिसार्ने हर्क साम्पाङको चेतावनी

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो क्षेत्रभित्र कसैले घुस मागेको थाहा पाए ‘बाटोमा घिसार्ने’ चेतावनी दिएका छन्। 

उनले फेसवुक मार्फत यस्तो चेतावनी दिएका हुन। ‘धरानभित्र कसैले घुस मागेको थाहा पाएँ भने बाटोमा घिसार्छु।’– उनले लेखेका छन् ।

स्थानीय विकास–निर्माणका काममा आफैँ खटेर छुट्टै परिचय बनाएका मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत घुस नखान कडा चेतावनी दिएका हुन्। 

यसअघि उनले कोशीबाट धरानमा खानेपानी ल्याउने योजनामा बजेट नराखे माननियहरुलाई धरान पस्न नदिने धम्की दिएका थिए। 

विशेष