News अपराध सुरक्षा

अस्पतालको शौचालयबाट फरार थुनुवा एक महिनापछि पक्राउ

अस्पतालको शौचालयबाट फरार थुनुवा एक महिनापछि पक्राउ

प्रहरीको सुरक्षामा अस्पताल भर्ना भएर शौचालयबाट फरार भएका थुनुवालाई महोत्तरी प्रहरीले झण्डै एकमहिना पछि पक्राउ परेका छन्।

अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान, चोरी र अपराधिक षड्यन्त्र समेतको मुद्दामा पुर्पक्षका लागि महोत्तरी कारागारमा रहेका लोहारपट्टी नगरपालिका ९ बस्ने २१ वर्षीय कृष्णा यादब गत चैत २४ गते फरार भएका थिए।

उनलाई सोमबार राति जलेश्वर नगरपालिका ३ मलिबाराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। यादव कारागारमा रहेको समय बिरामी हुँदा उपचारका लागि जनकपुरधाम स्थित हाड जोर्नी डाक्टर मनोजप्रसाद गुप्ताको क्लीनिकमा ल्याएको थियो।

शौचालय प्रवेश गरेका उनी भेन्टीलेसन निकाली सोही भेन्टीलेसनबाट फरार भएका थिए। यादव उपर कैदीबन्दी भागे÷भगाएको कसुरमा कारागार ऐन २०७९ बमोजिम म्याद थप गरी थप अनुसन्धान सुरु भएको डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका ७ माछा बजार बस्ने दिलिप साहको छोरा १६ वर्षीय अजय भन्ने अर्जुन साहको हत्या गर्ने पुर्व योजना बनाई अर्जुनको टेम्पो भाडामा लगी एकान्त स्थलमा पुगेर घाटी थिची हत्या गरेर झाडीमा लुकाएका थिए।

सोही घटनामा जिल्ला अदालत महोत्तरीले यादबसमेतलाई अपहरण तथा शरिर बन्धक ,कर्तव्य ज्यान, चोरी र अपराधिक षड्यन्त्र समेतको मुद्दामा गत भदौ २६ गते पुर्पक्षको लागी कारागार कार्यालय महोत्तरी जलेश्वरको थुनामा पठाएको थियो।

विशेष