News

नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री बादलका सल्लाहकार राई पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री बादलका सल्लाहकार राई पक्राउ

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको आरोपमा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन्।

‘बादल’ गृहमन्त्री हुँदा उनका सल्लाहकार रहेका राईलाई मंगलवार पक्राउ गरिएको हो। प्रहरी स्रोतका अनुसार राईलाई बिहान ललितपुरको सुनाकोठीबाट पक्राउ गरिएको हो। काठमाडौं प्रहरीको टोलीले ललितपुर प्रहरीसँग समन्वय गरेर उनलाई पक्राउ गरेको हो।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा राईको पनि संलग्नता देखिएकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यसअघि प्रहरीले सोही आरोपमा तीन जनालाई पक्राउ गरिसकेको छ। 

सागर राई, केशव दुलाल र सानु भण्डारीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार उनीहरूले विभिन्न प्रलोभन देखाएर र विश्वासमा पारेर ५० जनाभन्दा बढी मानिसबाट ३ करोड २४ लाख रुपैयाँ ठगी गरेको आरोप छ। 

माओवादी केन्द्रका नेता बादल केपी शर्मा ओलीको नेतृत्वको सरकारमा गृहमन्त्री थिए। उनी गृहमन्त्री भएका बेला इन्द्रजित राई उनका सल्लाहकार थिए। नेकपा विभाजनपछि बादल नेकपा एमालेमै छन्। 
 

विशेष