News

नक्कली शरणार्थी प्रकरणमा गृहमन्त्रीले आईजीपीलाई किन थर्काए ?

नक्कली शरणार्थी प्रकरणमा गृहमन्त्रीले आईजीपीलाई किन थर्काए ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवरलाई थर्काएका छन्। अभियोगपत्र दायर नहुँदै अनुसन्धान प्रतिवेदनभित्रका सक्कलै कागजातहरु सार्वजनिक भएको विषयमा श्रेष्ठले कुँवरलाई थर्काएका हुन।

अनुसन्धान प्रतिवेदनभित्रका सक्कल कागजातहरु अभियोगपत्र दायर नहुँदै सार्वजनिक भएको विषयमा उनले आईजीपीलाई प्रश्न गरेका थिए। यस्तो कार्य गलत भएको भन्दै श्रेष्ठले कुँवरलाई सचेत गराए।

यता, नक्कली भुटानी शरणार्थी प्रकरणमा कुँवर आफै मुछिएको विषयमा पनि गृहमन्त्रीले गम्भिर चासो ब्यक्त गरको प्रहरी स्रोतले जनाएको छ। कुँवरले नक्कली शरणार्थी प्रकरणका आरोपीहरुसँग भेटेको, पक्राउ परेकाहरुलाई यत्तिकै छोडेको, अनुसन्धानको फाइल घरमा लगेको जस्ता आरोप लागेका छन् ।

लगत्तै आईजीपी कुँवरले उपत्यका प्रहरी कार्यालयका प्रमुख श्यामलाल ज्ञवाली, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीसहितका प्रहरी अधिकृतलाई भेला गरेर क्लास लिएको जनाईएको छ। 

उनले पनि अनुसन्धानका कागजातहरु बाहिरिएको विषयमा आपत्ति जनाएका थिए । आफ्नै नाम शरणार्थी प्रकरणमा जोडिएको विषय भने उनले अस्विकार गरेका छन्। आफु आईजीपी भएपछि नै आरोपीहरु पक्राउ परेको र अनुसन्धानले गति लिएर स्पष्ट हुँदा हुँदै आरोप लगाउन गलत हुने उनको तर्क छ। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिल कार्यालयले बुधबार काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता गर्दै छ । 
 

भुटानी शरणार्थी

विशेष