News अपराध सुरक्षा

विचौलिया सानु भण्डारीकी श्रीमती अञ्जना पनि आर्थिक अपराधमा संलग्न

प्रहरीको फरार सूचिमा रहेकी अञ्जनाका व्यापारिक साझेदार पृथ्वी शाह 

विचौलिया सानु भण्डारीकी श्रीमती अञ्जना पनि आर्थिक अपराधमा संलग्न

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न सानु भण्डारीकी श्रीमती समेत आर्थीक अपराधमा संलग्न रहेको पाईएको छ। उनकी श्रीमती अञ्जना रजक भण्डारी अहिले प्रहरीको फरार सूचिमा छिन्।

अमेरिकाबाट अवैध रूपमा नेपालमा पैसा ल्याउने प्रकरणमा मुछिएका पृथ्वीबहादुर शाहसँग उनको सम्वन्ध जोडिएको छ । ०७९ पुस २२ गते पक्राउ परेका अछामका शाह अहिले कारागारमा छन्। प्रहरीका अनुसार शाह र भण्डारीकी श्रीमतीको संयुक्त लगानीको वर्ल्ड फस्ट होलिडे प्रालिमार्फत् अवैध रकम कारोबार हुने गरेको छ। 

शाहसहित भण्डारीकी श्रीमती अञ्जनामाथि सम्पत्ति शुद्धीकरण विभागले समेत हाल अनुसन्धान गरिरहेको छ । भने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले संगठित अपराध मुद्दा चलाएको थियो । प्रहरीका अनुसार सानु भण्डारीकी श्रीमती र पृथ्वी शाहले संयुक्त रूपमा विभिन्न ठाउँमा जग्गा पनि खरिद गरेका छन् । 

शाहले केही समयअघि स्रोत नखुलेको ४० करोड रुपैयाँ अमेरिकाबाट नेपाल भित्र्याउन खोजेका थिए। तर, स्रोत खुलाउन नसकेपछि राष्ट्र बैंकले त्यो रकम रोक्यो । तत्कालिन अर्थमन्त्री जनार्दन शर्मासम्मलाई प्रयोग गरेर शाहले रकम निकाल्न खोज्दा मन्त्री र गभर्नरकै बीचमा वैमनस्यता वढेको थियो।

शाहले विभिन्न कम्पनी खडा गरेर नेपालमा अवैध रकम भित्र्याएको खुलेको थियो । उनीमाथि समेत

प्रहरी उच्च स्रोतका अनुसार सानु भण्डारी, केशव दुलाल, पूर्वगृहमन्त्री बालकृष्ण खाँणका पीए नरेन्द्र केसी र सचिव टेकनारायण पाण्डेको टिमले सुन तस्करीसमेत गर्ने गरेको छ। केसीले आईजीपीलाई भनेर केशव दुलाललाई तस्करीको सुन भित्र्याउन सेटिङ मिलाएको म्यासेज फेला परेको छ।

यता, अमेरिकाबाट अवैध ४० करोडभन्दा बढी रकम नेपाल भित्र्याएका साह पुर्पक्षका लागि जेल चलान भएका छन् । शाहविरुद्ध अमेरिकी फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्कले नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो ।

पृथ्वीबहादुर शाह भुटानी शरणार्थी सानु भण्डारी अञ्जना रजक भण्डारी

विशेष