News

रुकुमपश्चिमा जिप दुर्घटना, ५ दिनकी सुत्केरी र बच्चासहित ४ जनाको मृत्यु

रुकुमपश्चिमा जिप दुर्घटना, ५ दिनकी सुत्केरी र बच्चासहित ४ जनाको मृत्यु

रुकुमपश्चिमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १० जना घाईते भएका छन्। मृत्यु हुनेमा पाँच दिनकी सुत्केरी र बच्चासहित छन्।

सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप बिहीबार बिहान बाँफिकोट गाउँपालिका–८ तोरीधारामा जिप दुर्घटना भएको हो। जिपमा १४ जना सवार थिए।

बाँफिकोट–८ वडा अध्यक्ष धनबहादुर खत्रीका अनुसार मृत्यु हुनेमा सानीभेरी गाउँपालिका–५ का कर्णे बाठा र देउचन खत्री रहेका छन् भने एकजना सुत्केरी महिला र बच्चाको पहिचान हुन सकेको छैन । 

घाइतेमध्ये ४ जनाको अवथा गम्भीर रहेको वडाध्यक्ष खत्रीले बताए । गम्भीर घाइतेहरूलाई हेलिकप्टरबाट उपचारका लागि अन्यत्र लैजाने तयारी रहेको उनको भनाइ छ ।
 

विशेष