News

ढाकाकुमारको रिटमा जारी भएको अन्तरिम आदेश सर्वोच्चद्वारा खारेज

ढाकाकुमारको रिटमा जारी भएको अन्तरिम आदेश सर्वोच्चद्वारा खारेज

२ करोड घुस मागेपछि सांसद पद गुमाएका रास्वपाका नेता ढाकाकुमार श्रेष्ठको रिटमा जारी भएको अन्तरिम आदेश खारेज भएको छ।

सर्वोच्च अदालतले बुधबार दुवै पक्षको बहस सुनेपछि यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो। न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको इजलासले आदेश खारेज हुने फैसला गरेको हो।

स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्न लागेको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो बाहिरिएपछि उनलाई रास्वपाले कारवाही गरेको थियो।

समानुपातिक सांसद भएका श्रेष्ठ पद गएपछि सर्वोच्च पुगेका थिए। उनको ठाउँमा एसिडपीडित विन्दावासीनी कंसाकारलाई सांसद नियुक्त गर्न पार्टीले सिफारिस गरेको थियो। निर्वाचन आयोगले कंसाकारलाई सांसद मनोनयन गरिएको जानकारी गराए पनि सर्वोच्चको अल्पकालीन अन्तरिम आदेशका कारण उनको शपथ रोकिएको थियो। 
 

विशेष