News

पिएसओसहित हेलिकप्टरमा हिड्ने मेयर सहकारीको करोडौं हिनामिना गरी फरार

एमालेले गर्यो कारवाही, परिवारै सम्पर्कविहिन

पिएसओसहित हेलिकप्टरमा हिड्ने मेयर सहकारीको करोडौं हिनामिना गरी फरार

सहकारी संस्थाको करोडौं रकम अपचलनको आरोप लागेका बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देबकुमार नेपाली  सम्पर्क विहिन भएका छन्। नेपाली भागेपछि उनको पार्टी नेकपा एमालेले कारवाही गरेको छ। 

‘इमेज सहकारी’ संस्थाका निक्षेपकर्ताको बचत रकम फिर्ता दिन नसकेको र करोडौँ रुपैयाँ हिनामिनाको आरोप उनीमाथि लागेको छ । गत शुक्रबारदेखि नै उनी सम्पर्कमा नरहेको स्थानीय प्रशासनको भनाइ छ ।

स्थानीय प्रशासनले नै रकम हिनामिना पश्चात भाग्न सक्ने आशंकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अन्य नाकामा निगरानी बढाउन आग्रह गरेको छ। गृह मन्त्रालयले मंगलवार मेयर नेपालीसहित इमेज बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीलाई यात्रा अनुमति रद्ध गराउन अध्यागमन विभागलाई पत्राचार गरेको पाईएको छ।

मेयर नेपाली यो सहकारीका संस्थापक अध्यक्ष समेत हुन । बचतकर्ताले आफ्नो रकम माग गरेपछि तरलता अभाव भन्दै यो सहकारी वैशाख ९ गते सूचना टाँस गरी बन्द गरिएको छ। सहकारीको एक अर्बभन्दा बढी रकम हिनामिना गरिएको आशंका छ।

परिवार नै सम्पर्कविहीन भएपछि स्थानीयको आशंकामाथि थप बल पुगेको छ । मेयर नेपाली तिनै ब्यक्ति हुन जस्ले कुनै बेला आफ्नी श्रीमती र छोरीलाई आमसभामा हेलिकोप्टर चार्टड गरेर बोलाएका थिए । ढोरपाटन नगरपालिकाको बुर्तिवाङमा रहेको आठ तले घरको छतमा हेलिकोप्टर ल्याण्ड भएको थियो ।

उनले ०७४ सालमा नेकपा माओवादीबाट उम्मेदवार भई चुनाव जितेका थिए। उनी ७५३ स्थानीय तह मध्ये पिएसओ लिने एक मात्र मेयर हुन। 
 

देवकुमार नेपाली

विशेष