News

भारतीय विदेशमन्त्री जयशंकर र नेपालका राजदूत शर्माबीच भेटघाट

भारतीय विदेशमन्त्री जयशंकर र नेपालका राजदूत शर्माबीच भेटघाट

भारतको दिल्लीस्थित नेपाली राजदूत डा शंखर शर्माले भारतीय विदेश मन्त्री एस जयशंकरसँग भेटघाट गरेका छन्।

करिब १४ महिनाअघि राजदुत भएर दिल्ली पुगेका शर्माले पहिलोपटक भारतीय विदेशमन्त्रीसँग औपचारिक भेट गरेका हुन्। उनी ०७८ चैत्र १८ मा दिल्ली पुगेका थिए। 

राजदूत शर्मा र मन्त्री एस जयशंखरबीच बिहीबार भेटवार्ता भएको हो। उक्त भेटपछि सामाजिक सञ्जाल ट्विटरमा मन्त्री जयशंकरले बहुपक्षीय साझेदारीको विषयमा छलफल भएको उल्लेख गरेका छन्। 

‘हाम्रो गहिरो र बहुपक्षीय साझेदारीको बारेमा छलफल भयो। आगामी दिनमा यसलाई थप विस्तार गर्ने प्रतिबद्धता जनाएका छौं,’ जयशंकरले लेखेका छन्।

विशेष