News

नक्कली भुटानी शरणार्थी प्रकरणमा गिरोहकी सदस्य महर्जन पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा गिरोहकी सदस्य महर्जन पक्राउ

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गर्ने गिरोहका थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

ललितपुरकी ३२ वर्षीया लक्ष्मी महर्जनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो। अन्य अभियुक्तको बयान चलिरहेका बेला पक्राउ परेकी महर्जनलाई सिधै अदालतमा उपस्थित गराइएको छ। महर्जनसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ। 

यसअघि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सभासद आङटावा शेर्पा, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, गृहमन्त्रीका पूर्वसुरक्षा सल्लाहकार इन्द्रजित राई, खाँणका निजी सचिव नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप रायमाझी, शरणार्थी नेता टेकनाथ रिजाल, हज समितिका अध्यक्ष शमशेर मिया, सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, टंक गुरुङ, सागर राई, रामशरण केसी र गोविन्द चौधरी पक्राउ परेका छन्। 

सहित पक्राउ परेका १६ जना र पक्राउ नपरेका १७ जनासहित ३० जनाविरुद्ध मुद्दा चलाइएको छ। अझै पनि १३ जना फरार सूचीमा छन्। उनीहरुविरुद्ध पनि प्रहरीले मुद्दा दर्ता गरिसकेको छ। उनीहरुविरुद्ध ठगी, लिखित किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधमा मुद्दा दायर गरिएको छ। एकीकृत कसुरमा थप सजाय समेत हुनेछ।

यो कसुरमा अदालतले थुनाबाहिर पठाउने आदेश गरे उनीहरुलाई सम्पत्ति सुद्धिकरण र भ्रष्टाचारको कसुरमा पक्राउ गरेर अनुसन्धान सुरु गरिने छ। पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक र बादलका तत्कालीन सल्लाहकार इन्द्रजित राईका छोरा निरज पनि अझै फरार छन्।

विशेष